Logo

शनिवार, कार्तिक १ गते २०८३

images

काठमाडौंमा ३८२ घर डुबे, १३८ जनाको उद्धार

काठमाडौंमा ३८२ घर डुबे, १३८ जनाको उद्धार

  • PNN Times
  • सोमवार, भाद्र २१ २०७८


  • भदौ २१ , काठमाडौं । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।

    गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।

    images

    काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।

    एसएसपी सिंहका अनुसार मानवीय क्षति भने भएको छैन । 

    सोमवार, भाद्र २१ २०७८०८:४४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend