पैयूँ । नेकपा माओवादी केन्द्र पर्वतका प्रभावशाली युवा नेता चन्द्र बहादुर थापा नेकपा माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्र पर्वत काठमाडौं सम्पर्क मन्चका उपाध्यक्षसम्त रहनु भएका थापा सोमबार माओवादी केन्द्र परित्याग गरि नेकपाएमालेमा प्रवेश गर्नु भएको हो ।
पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ३ बेउलीबास घर हुनुभएका थापालाई नेकपा एमाले पर्वतका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य पदम गिरीले एमालेमा प्रवेश गराउनु भएको हो ।