Logo

शनिवार, कार्तिक १ गते २०८३

images

समाजसेवी भुसालद्वारा दिदीको पुण्य तिथिमा आर्थिक सहयोग प्रदान

समाजसेवी भुसालद्वारा दिदीको पुण्य तिथिमा आर्थिक सहयोग प्रदान

  • PNN Times
  • शुक्रवार, आश्विन १ २०७८


  • असोज १, पैयूँ ।  पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि सामाज सेवी कमल भुसालले आफ्नो फुपुदिदीको पुण्य तिथीमा आर्थिक सहयोग प्रदान गर्नु भएको छ । पैयुँ गाउँपालिका वडा नम्बर ३ भरथाना  घर हुनुभएका भुसालले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित वस्ती निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो ।

    उहाँले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित वस्ती निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई तिन हजार तिन सय तेत्तिस (३३३३) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

    images

    स्वर्गिय फुपु दिदी हरिकला न्यौपानेको पुण्य तिथीमा  सम्झना स्वरुप जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थसुरु गरिएको अभियानलाई सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको भुसालले बताउनु भयो ।

    पैयूँ  गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएपछि  “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा  घर निर्माणको काम सुरु गरी तिन घर सम्पन्न गरि सकेको छ ।

    द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । जस मध्ये ३ घर सम्पन्न गरि सकेको छ ॥मानव जीवन रक्षार्थ सहयोगगर्न चाहानुहुने सहयोगी दाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोगगरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ । 

    खाता नम्बर 

    AC Name : The Nirbhik Foundation

    Bank Name : Garima Bikas Bank Waling Branch

    AC No : 00100100855183000001

    शुक्रवार, आश्विन १ २०७८११:४२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend