असोज ८, पैयुँ । पैयुँ गाउँपालिका वडा नम्बर ६ डाडाकाँहुमा आगलागि पिडितलाई पर्वत समाज जापानले आर्थिक सहयोग गरेको छ ।
समाजले आगलागिबाट क्षति पुगेका घर गोठ निर्माणको लागि एक लाख दुई हजार पाँच सय छ्यहत्रर रुपैया आर्थिक सहयोग गरेको हो ।
गत चैत्र २८ गते दिउसो आगलागि हुदा ७ घर १५ गोठ क्षति भएको थियो । क्षति भएका घरपरिवारलाई केही राहत होस भन्ने उद्देश्यले रकम संकलन गरि सहयोग गरेको समाजका कोषाध्यक्ष विमल न्यौपानेले बताउनु भयो ।
सङ्कलित रकम पैयुँ गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इ.अनिल कमल न्यौपाने मार्फत आगलागि प्रभावितहरुको उपस्थितिमा गाउँ स्तरीय विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
