असोज १३, पैयूँ । पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि सामाज सेवी भिम लाल भुर्तेलले कान्छी छोरी पुष्पा भुर्तेलको जन्म दिनको अवसरमा आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।
भुर्तेलले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो । उहाँहरुले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई दश हजार (१०,०००/-) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।
पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ ।
उहाले आफ्नो जन्म दिनको अवसरमा गाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनु भयो । पैयुँ ५ भुर्तेलथोक कोलडाडा घर हुनु भएका भुर्तेल बाबा गंगा प्रसाद भुर्तेल र आमा खैसरा भुर्तेलका कान्छा छोरा हुनुहुन्छ ।
उहाँले आफ्नो जन्म दिनमा मात्र नभएर गरिब दुखीको सहयोगको लागि जहिले पनि आफु प्रतिबद्धत रहेको जानकारी गराउनु भयो ।
द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । जस मध्ये ४ घर सम्पन्न गरि सकेको छ मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगीदाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।
खाता नम्बर
AC Name : The Nirbhik Foundation
Bank Name : Garima Bikas Bank Waling Branch
AC No : 00100100855183000001