असोज १३, पैयूँ । पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि सामाज सेवी रेमन न्यौपानेले जन्म दिनको अवसरमा आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।
समाजसेवी न्यौपानेले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो । उहाँले जोखिम वस्ती निर्माणका लागि चार तीन सय उननाइस (४३१९/-) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।
पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्थापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण अभियान अन्तर्गत “द निर्भीक फाउण्डेशन”ले चार वटा घर निर्माण सम्पन्न गरेको छ ।
उहाँले आफ्नो जन्म दिनको अवसरमा गाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई सहयोग गरेर गरीब दुखीले सुरक्षित बास पाउने र अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनु भयो ।
पर्वतको पैयूँ गाउँपालिका वडा नंं.५ बानीडाँडा घर हुनु भएका न्यौपाने बुवा चन्द्रकान्त र आमा टीका न्यौपानेका जेठो छोरा हुनुहुन्छ । उहाँले आफ्नो जन्म दिनमा मात्र नभएर गरिब दुखीको सहयोगको लागि जहिले पनि आफु प्रतिबद्ध रहेको जानकारी गराउनु भयो ।
द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने योजना भएको जनाएको छ । जसमध्ये चार वटा घर सम्पन्न गरि सकेको छ ।
मानव जीवन रक्षार्थ सहयोग गर्न चाहनुहुने सहयोगी दाताहरुले गरिमा विकास बैंक,वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनुहुन फाउन्डेशले अनुरोध गरेको छ ।
खाता नम्बर
AC Name : The Nirbhik Foundation
Bank Name : Garima Bikas Bank Waling Branch
AC No : 00100100855183000001