Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयुँको जोखिम बस्ती स्थानान्तरणको लागि युवा समाजसेवी डुम्रेद्वारा जन्मदिनमा आर्थिक सहयोग

पैयुँको जोखिम बस्ती स्थानान्तरणको लागि युवा समाजसेवी डुम्रेद्वारा जन्मदिनमा आर्थिक सहयोग

  • PNN Times
  • बुधवार, आश्विन १३ २०७८


  • पैयुँको जोखिम बस्ती स्थानान्तरणको लागि युवा समाजसेवी डुम्रेद्वारा जन्मदिनमा आर्थिक सहयोग

    असोज १३, पैयूँ ।  पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि युवा समाजसेवी राजेश डुम्रेले जन्म दिनको अवसरमा आर्थिक सहयोग  प्रदान गर्नु भएको छ ।
    वालिङ ८ मा रहेको गुरास क्याफेका संचालक समेत रहेका डुम्रेले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो । उहाँहरुले जोखिम वस्ती पाँच एक सय एकाउन्न (५१५१–) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

    पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ ।

    images

    उहाँले आफ्नो जन्म दिनको अवसरमा गाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनु भयो । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२ डाडाखर्क घर हुनु भएका डुम्रे काशिराम र आमा याम कान्ती डुम्रेका जेठो छोरा हुनुहुन्छ । उहाँले आफ्नो जन्म दिनमा मात्र नभएर गरिब दुखीको सहयोगको लागि जहिले पनि आफु प्रतिबद्धत रहेको जानकारी गराउनु भयो ।

    द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । जस मध्ये ४ घर सम्पन्न गरि सकेको छ  मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगी दाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।   

    खाता नम्बर 

    AC Name : The Nirbhik Foundation

    Bank Name : Garima Bikas Bank Waling Branch

    AC No : 00100100855183000001

    बुधवार, आश्विन १३ २०७८०८:३९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend