असोज १४, पर्वतको पैयूँ गाउँपालिकामा रहेको जोखिम वस्ती स्थानान्तरणको लागि पर्वत वेलफेयर समाज युकेले एक घर निर्माण गर्ने भएको छ । पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा रहेको जोखिम दलित वस्ती स्थानान्तरण गरी सुरक्षित स्थानमा वस्ती निर्माणको लागि समाजले एका घर निर्माण गरिदिने भएको हो ।
पहिरो बाट बिस्तापित र जोखिममा रहेका १५ घर परिवालाई स्थानान्तरण गरी सुरक्षित ठाउँ वस्ती निर्माणको लागि द निर्भीक फाउण्डेशनले सुरु गरेको अभियानलाई साथ दिदै समाजले एक घर निर्माण गरिदिने पर्वत वेलफेयर समाज युकेका अध्यक्ष नेत्र आलेले जानकारी दिनुभयो ।
द निर्भीक फाउन्डेशनले चार घर निर्माण कार्य सम्पन्न गरि सकेको छ ।
समाजले फाउन्डेशनसंग सहकार्य गरि घर निर्माण गर्न पहिलो चरणमा २ लाख रुपैयाँ पठाई सकेको छ भने थप रकम छिटै पठाउने जनाएको छ । पर्वत घर भई हाल युकेमा कार्यरत पर्वतेलिहरुले गठन गरेको समाजले जिल्लामा आपत विपत पर्दा सहयोग गर्दै आएको छ ।
सोही अनुरुप दक्षिण पर्वतको पैयूँमा पनि द निर्भीक फाउन्डेशनले सूरु गरेको बस्ती निर्माण अभियानलाई सहयोग गर्न र नागरिकलाई सुरक्षित ठाउँमा राख्नको लागि घर बनाउने निर्णय गरेको समाजका अध्यक्ष आलेले बताउनु भयो ।
द निर्भीक फाउन्डेशनले असोज १९ गते पहिलो चरणमा निर्माण सम्पन्न घरहरु हस्तान्तरण गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।
फाउन्डेशनसंग सहकार्य गरी युरोपमा रहेका विभिन्न समाजहरुसंग रकम जुटाउने र बस्ती निर्माण कार्यमा सहयोगको गर्न पैयुँ घर भई हाल बेल्जीयमा रहनु भएका सामाजिक अभियान्ता कृष्ण तिवारीले मुख्य भुमिका निभाउदै आउनु भएको छ ।
सुरक्षित बस्ती निर्माणको लागि सहयोग गर्ने पर्वत वेलफेयर समाजका सहयोगी सदस्यहरुको नामावली.......
अध्यक्ष : नेत्र आले,
भिमलाल भट्टराई,
सुरज पौडेल,
अप्सरा गुरुङ्ग,
प्रकाश न्यौपाने,
होम बिक्रम मल्ल,
दधी आचार्य,
नारायण गिरि,
कुल राज गुरुङ्ग,
एकबहादुर पुन ,
हर्क पुन,
झक गुरुङ्ग,
वल चोवाङ्गी पुन,
हर्क बहादुर गुरुङ्ग,
चन्दन गुरुङ्ग,
शिव राम गुरुङ्ग,
शन्त गुरुङ्ग,
मेक बहादुर पुन,
गंगा खोर्जा (शलिजा),
बेन गुरुङ्ग,
कुमार गुरुङ्ग,
माज कृष्ण गुरुङ्ग,
कुसाङ्ग गुरुङ्ग,
हरि गुरुङ्ग,
शिव शरण गुरुङ्ग,
कमल गुरुङ्ग,
रमेश/सुप्रीया गुरुङ्ग,
सन्जय भण्डारी,
लाल र धर्म राना
निरन्जन एन्ड पन्च गुरुङ्ग,
युवान गुरुङ्ग,
पर्शुराम गुरुङ्ग,
मदन गुरुङ्ग,
याम थापा,
पार्वती थापा,
कमल राना,
उज्वल गुरुङ्ग,
जुमकाजी गुरुङ्ग,
राज बहादुर ÷ मेता गुरुङ्ग,
रुकुम राना
लिदिया गुरुङ्ग,
दिपक जोशी
भरत पौडेल
थानेश्वर काफ्ले
दिल बहादुर
माया न्यौपाने
पार्वती थापा
लगायतका सहयोगीदाताहरु हुनुहुन्छ ।