Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि युवा समाजसेवी काफ्लेद्वारा आर्थिक सहयोग प्रदान

पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि युवा समाजसेवी काफ्लेद्वारा आर्थिक सहयोग प्रदान

  • PNN Times
  • सोमवार, आश्विन १८ २०७८


  • पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि युवा समाजसेवी काफ्लेद्वारा आर्थिक सहयोग प्रदान

    असोज १८, पैयूँ ।  पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि युवा समाजसेवी सञ्जय काफ्लेले जन्म दिनको अवसरमा आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

    काफ्लेले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो । उहाँले जोखिम वस्ती निर्माणको लागि दश हजार (१००००÷–) रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

    images

    पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ ।

    उहाँले आफ्नो गाउँ ठाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनु भयो । 

    उहाँले आफ्नो जन्म दिनमा मात्र नभएर गरिब दुखीको सहयोगको लागि जहिले पनि आफु प्रतिबद्धत रहेको जानकारी गराउनु भयो ।

    द निर्भीक फाउण्डेशन”ले १५ वटा घर निर्माण गर्ने जनाएको छ । जस मध्ये ४ घर सम्पन्न गरि सकेको छ  मानव जीवन रक्षार्थ सहयोग गर्न चाहानुहुने सहयोगी दाताहरुले गरीमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।   

     

    सोमवार, आश्विन १८ २०७८०९:३८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend