Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा सिलाई कटाई तालीम

वालिङमा सिलाई कटाई तालीम

  • PNN Times
  • शुक्रवार, आश्विन २२ २०७८


  • वालिङमा सिलाई कटाई तालीम

    गोपाल जिटी
    असोज २२, वालिङ । 
    स्याङ्जाको वालिङमा सिलाई कटाई तालीम सुरु भएको छ । कुमाल समुदायका महिलाहरुका लागि लक्षित कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना अन्तर्गत ब्यवसायिक सिलाई कटाई तालीम आयोजना गरिएको हो । तालीमको शुभारम्भ गर्दै वालिङ नगर प्रमुख दिलीप प्रताप खाँडले तालीमबाट सीप सिकेर उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । नगर प्रमुख खाँडले उत्पादित बस्तुको बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने उल्लेख गर्दै बस्तु उत्पादनमा जोड दिन आग्रह गर्नुुभएको हो ।
    उहाँले महिला दिदीबहिनीहरुलाई तालीमलाई अवसरकारुपमा लिई सीप सिक्न र सिकेको सीपलाई ब्यवसायिकरुपमा लगाएर आर्थिक लाभ लिन पनि सुझाव दिनुभयो ।
    वालिङ नगरपालिकाका १४ वटै वडामा उत्पादित पहिचानका सामग्रीहरुको प्रदर्शन र बिक्री वितरणका लागि नगरपालिकाले कोसेली घर निर्माण गरेको समेत प्रमुख खाँणले जानकारी गराउनुभयो ।
    सीप सिकेपछि ब्यवसाय सञ्चालनका गर्न रकमको अभाव भएमा नगरपालिकाले बिना धितो बीउ पूँजी उपलब्ध गराउने बताउँदै नगर प्रमुख खाँडले बैंकसँग नगरपालिका जमानी बसेर सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने उल्लेख गर्नुभयो ।
    कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता गैह«ेले कुमाल समुदायका महिलाहरुको मागका आधारमा सिलाई कटाई तालीम सञ्चालन गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि थप कार्यक्रम तथा तालीमहरु सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।
    वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ४५ दिने तालीममा २५ जना कुमाल महिलाहरुको सहभागिता रहेको छ ।

    शुक्रवार, आश्विन २२ २०७८०८:१५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend