Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा हाटबजार सुरु

वालिङमा हाटबजार सुरु

  • PNN Times
  • शनिवार, आश्विन २३ २०७८


  • वालिङमा हाटबजार सुरु

    असोज २३, वालिङ ।  स्याङ्जाको वालिङमा साप्ताहिक हाट बजार सुरु भएको छ । विशेष गरी स्थानीय कृषि उपजको बजारीकरणमा सहजता ल्याउने उद्देश्यले शनिबारदेखि साप्ताहिक हाट बजार सञ्चालनमा ल्याइएको हो । 

    वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र वालिङ नगरपालिका, दियालो गैह्रसरकारी संस्था, यूएनडिपि नेपाल र उद्योग वाणिज्य संघको साझेदारीमा वालिङ ८ खेलमैदानको गेट अगाडि शनिबार हाट बजारको शुभारम्भ गरिएको हो ।

    images

    हाटबजारको उद्घाटन गर्दै वालिङ नगरप्रमुख दिलीपप्रताप खांँणले हाटबजारले किसानहरुका कृषि उत्पादनको बजारीकरणमा सघाउ पु¥याउने बताउनुभयो ।। नगर प्रमुख खांणले ‘गाँउगाउँमा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई संकलन केन्द्रमार्फत हाटबजारमा विक्रि वितरण गरिने जानकारी गराउनुभयो ।

    कृषि उपजको बजारीकरणका लागि नगरपालिकाले प्राथामिकताका साथ अगाडि बढेको नगर प्रमुख खाँडले यसको निरन्तरतामा जोड दिनुभयोे ।

    उहाँले गाउँगाउँका सहकारीका भवन, क्लबका भवनहरुलाई संकलन केन्द्र बनाई हाटबजारसम्म ल्याउने र विक्रि गर्ने वातावरण सिर्जना गर्ने भन्दै यहाँ खपत भई बाँकी रहेका उपजहरुको बाहिरी जिल्ला निर्यात गर्न समेत नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । 

    हाटबजार शनिबारदेखि ३ दिनसम्म चल्नेछ भने अब हरेक साताको शनिबार हाटबजार सञ्चालन हुनेछ भने स्टलहरु निःशुल्क उपलब्ध गराईएको छ । 

    शनिवार, आश्विन २३ २०७८०७:०९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend