असोज २४, स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन ।
वालिङ बजारबाट लाखुडाँडा जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जीप आइतबार साँझ दुर्घटना भएको हो ।
वालिङ नगरपालिका वडा नम्बर १० मदिखोलामा जीप दुर्घटना हुदा गल्याङ नगरपालिका १० का ७७ वर्षीय दल बहादुर पल्ली र सोही ठाउँ बस्ने ३२ वर्षीय गंगा पल्लीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घाईतमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ ।