Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राजनैतिक दलहरुका बीचमा सहकार्य आवश्यक–पूर्व मन्त्री अर्याल

राजनैतिक दलहरुका बीचमा सहकार्य आवश्यक–पूर्व मन्त्री अर्याल

  • PNN Times
  • बुधवार, आश्विन २७ २०७८


  • राजनैतिक दलहरुका बीचमा सहकार्य आवश्यक–पूर्व मन्त्री अर्याल

    असोज २७,वालिङ । दशैंको अवसरमा देशभर शुभकामना आदान प्रदान कार्यक्रम चलिरहेको छ । विगत दुई वर्षदेखि कोरोना महामारीका कारण मेला महोत्सव,सभा जुलुस तथा मानिसहरु जमघट लगायतका मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने कार्यहरु रोकिएसँगै प्राय यस्ता कार्यक्रमहरु भएका थिएनन् । सङ्क्रमण पैmलिने क्रममा कमि आउनु र कोरोना विरुद्धको खोप लगाउने कार्यले पनि निरन्तरता पाएसँगै यस पटक शुभकामना आदान प्रदान जस्ता कार्यक्रमले निरन्तरता पाएको हो ।

    यसैक्रममा स्याङ्जाको वालिङमा दशैं, तिहार लगायतका राष्ट्रिय पर्वका अवसरमा बुधबार शुभकामना कार्यक्रम गरिएको छ । वालिङ उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रमलाई सम्वोधन गदैं पूर्व मन्त्री तथा संघीय सांसद पद्मा अर्यालले राजनैतिक दलहरुका बीचमा कार्यगत एकता अपरिहार्य रहेको बताउनुभएको छ ।उहाँले फरक राजनैतिक दलमा आवद्ध भएपनि क्षेत्रगत विकासको लागि राजनैतिक दलहरुका बीचमा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।मन्त्री अर्यालले राजनैतिक दलहरुका क्रियाकलापहरुलाई बाह्य शक्तिले आफू अनुकुल उपयोग गरेर देशको अस्तित्व खतरामा पारेको बताउनुभयो ।

    images

    IMG_3333.JPG

    कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँडले असल राजनैतिक संस्कारले नै नागरिकको समस्या हल गर्न सकिने बताउनुभयो । उहाँले सम्पूर्ण राजनैतिक दलहरुको सिद्धान्त असल रहेको उल्लेख गर्दै सबै दलहरुले राजनैतिक सिद्धान्तलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।नगरप्रमुख खाँडले स्मार्ट नगरको विषयमा नागरिकहरुले धेरै प्रश्नहरु उठाएको स्वीकार गर्दै नगरलाई स्मार्ट बनाउन आवश्यक बजेट अभाव रहेको बताउनुभयो । उहाँले स्मार्ट नगरको आधार तयार गर्न करिब २२ अर्व रुपैयाँ आवश्यक भएकोमा  ४ वर्षको अवधिमा करिब ६४ करोड रुपैयाँ मात्र विकासमा खर्च भएको जानकारी दिनुभयो ।

    शुभकामना आदानप्रदान कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले देश विकासको लागि निजी क्षेत्रको विकास हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । निजी क्षेत्र देश विकासको मेरुदण्ड रहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले औद्योगिक विकासको लागि सम्पूर्ण राजनैतिक दल,लगानीकर्ता र सरोकारवाला निकायहरुको बीचमा बृहत छलफल हुन आवश्यक रहेको बताउनुभयो । 

    बुधवार, आश्विन २७ २०७८०८:०९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend