गोपाल जिटी
कार्तिक २, स्याङ्जा । स्याङ्जाको वालिङमा किसानहरुले सार्वजनिक सुनुवाई गरेका छन् । वालिङ ८ बगालथोक गेदिखोलास्थित नवदुर्गा दुग्ध उत्पादक समूहका किसानहरुले आफुहरुलाई अनुदान प्रदान गर्ने संस्थाका प्रतिनिधिको उपस्थितिमा मङ्गलबार पहिलो चरणको सार्वजनिक सुनुवाई गरेका हुन् ।
“गोठ हटाऔं, बगैंचा बनाऔं” भन्ने मूल नारा सहित यहाँका १४ जना किसानहरुले सामुहिक पशुपालन गर्दै आएका हुन् । १४ वटाबाट सुुरु गरेको उनीहरुको फर्ममा साना ठूला गरेर अहिले २९ वटा भैंसी र एकवटा गाई गरी ३० वटा छन् ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना एवम् विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराले अनुदान साझेदारी गर्ने भएको हो । आयोजना इकाईले साझेदारी गर्ने भएपछि आँपूmहरुलाई थप उत्साही बनाएको समूहका अध्यक्ष रीमाकान्ती बगालेले बताउनुभयो ।
किसानहरुको २० प्रतिशत, वित्तीय लगानी ३० प्रतिशत र इकाईको तर्पmबाट रु.७२ लाख ३९ हजार ३ सय ४१ अनुदान रकम सहित कूल १ करोड ४८ लाख ६१ हजार २ सय ७२ लगानीमा उन्नत गाई भैंसी पालन तथा दुग्ध उत्पादन उप आयोजना आगामी असार मसान्तसम्म सम्पन्न गर्ने समूहका उपाध्यक्ष प्रदीप बगालेले जानकारी गराउन्ुभयो ।
८ जना पुरुष र ६ जना महिलाको सहभागिता रहेको समूहले ९ रोपनी जग्गामा गोठ व्यवस्थापन गरेको छ भने घाँसका लागि २४ रोपनी जग्गा ओगटेको उपाध्यक्ष बगालेले बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष कमल सुवेदीले नगरपालिकाकै नमूना फर्म बन्ने विश्वास व्यक्त गर्नुभयो । वालिङ नगरीकै मध्ये भागमा रहेको फर्मलाई कृषि गन्तव्यकारुपमा विकास गर्न आँप्mनो पूर्ण साथ रहने बताउनुभयो ।
समूहले उन्नत गाईभैंसी पालन, आधुनिक गोठ निर्माण, आधुनिक औजार तथा मेसिन, आवस्यक उपकरण खरिद, खाद्यान्न गोदाम घर निर्माण, बायोग्याँस प्लान्ट निर्माण लगायतका कार्यहरु उपआयोजना अन्तर्गत गरिने आयोजकले जनाएको छ ।
भैंसीपालनसँगै गेदिखोला गाउँलाई स्मार्ट भिलेजकारुपमा समेत विकास गर्ने उनिहरुको उद्देश्य रहेको छ । भैंसी र गाई गरी सयवटा सम्म पाल्ने उनिहरुको लक्ष्य छ ।