Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जन्मदिनको अवसरमा समाजसेवी भुर्तेलद्वारा आर्थिक सहयोग प्रदान

जन्मदिनको अवसरमा समाजसेवी भुर्तेलद्वारा आर्थिक सहयोग प्रदान

  • PNN Times
  • सोमवार, कार्तिक ८ २०७८


  • जन्मदिनको अवसरमा समाजसेवी भुर्तेलद्वारा आर्थिक सहयोग प्रदान

    कार्तिक ८,पैयूँ । पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि युवा समाजसेवी सुरज भुर्तेलले जन्म दिनको अवसरमा आर्थिक सहयोग  प्रदान गर्नु भएको छ ।
    वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका भुर्तेलले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको हो । 
    भुर्तेलले जोखिम वस्ती निर्माणको लागि ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

    पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको उच्च जोखिमा रहेको र केही परिवार पहिरोको कारण बिस्तापित भएका कारण वस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेशन”ले सुरक्षित ठाउँमा आवास निर्माणको काम सुरु गरेको छ ।
    उहाँले आफ्नो जन्म दिनको अवसरमा गाउँमा रहेको जोखिम वस्तीलाई स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई मानव जीवन रक्षार्थ सुरु गरिएको अभियानलाई सहयोग गरेर गरीब दुखीले राम्रो बास पाउने र अकालमा ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनु भयो ।

    पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५,भुर्तेलथोक घर हुनु भएका भुर्तेल बुवा स्व.शिवलाल भुर्तेल र  आमा नुमकला एकल छोरा हुनुहुन्छ । उहाँले आफ्नो जन्म दिनमा मात्र नभएर गरिब दुखीको सहयोगको लागि जहिले पनि आफु प्रतिबद्धत रहेको जानकारी गराउनु भयो ।
    द निर्भीक फाउण्डेशनले १५ वटा घर निर्माण गर्ने जनाएको छ । जस मध्ये ४ घर सम्पन्न गरि सकेको छ । मानव जीवन रक्षार्थ सहयोग गर्न चाहनुहुने सहयोगी दाताहरुले गरिमा विकास बैंक वालिङ शाखामा रहेको फाउन्डेशनको निम्न खातामा सहयोग रकम पठाई सहयोग गरिदिनु हुन फाउन्डेशले अनुरोध गरेको छ ।   

    images

    खाता नम्बर 

    AC Name : The Nirbhik Foundation

    Bank Name : Garima Bikas Bank Waling Branch

    AC No : 00100100855183000001

    सोमवार, कार्तिक ८ २०७८०१:०८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend