Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अपाङ्गता भएका नागरिकलाई कमिटीमा समावेश गर्न पैयुँ अपाङ्ग समाजको माग

अपाङ्गता भएका नागरिकलाई कमिटीमा समावेश गर्न पैयुँ अपाङ्ग समाजको माग

  • PNN Times
  • सोमवार, कार्तिक ८ २०७८


  • अपाङ्गता भएका नागरिकलाई  कमिटीमा  समावेश गर्न पैयुँ अपाङ्ग समाजको माग

    कार्तिक ८,पैयूँ ।पर्वतको पैयुँ अपाङ्ग समाजले अपाङ्गता भएका नागरिकलाई वडा र पालिका कमिटीमा समावेसिताको माग गरेको छ । देशभर भैरहेको नेकपा एमालेको वडा र पालिकाको अधिवेशनमा मुलुकभरका ३० लाख अपांगता भएका नागरिकहरुको प्रतिनिधित्वको सवाल गम्भीररुपमा उठिरहेको समाजका अध्यक्ष डण्डमाणी तिवारीद्वारा हस्ताक्षरित माग पत्रमा उल्लेख गरिएको छ ।

    245532447_298935008731383_8288779280804696710_n.jpg

    images

    राजनीतिमा समावेसिताको आवाजलाई प्रमुखताका साथ सम्वोधन गर्दै आएको नेकपा एमालेले अहिलेका विभिन्न तहका अधिवेशनहरुमा अपांगता भएका नागरिकहरुलाई पनि स्थान दिइरहेको छ भन्नेमा विश्वस्त रहेको उल्लेख गर्दै वडा कमिटिमा एक पुरुष र महिलाको समावेस गर्नुपर्ने पत्रद्वारा माग गरिएको छ । यसैगरी पालिकामा दइजना र सचिवालयमा दुइजनाको सुनिश्चितताको समेत पत्रमा उल्लेख गरिएको छ ।

    सोमवार, कार्तिक ८ २०७८०९:४९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend