Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा बजार अनुगमन,सडकपेटीमा सामान राखेर बिक्री गर्न नपाईने

वालिङमा बजार अनुगमन,सडकपेटीमा सामान राखेर बिक्री गर्न नपाईने

  • PNN Times
  • बिहिवार, कार्तिक ११ २०७८


  • वालिङमा बजार अनुगमन,सडकपेटीमा सामान राखेर बिक्री गर्न नपाईने

    कार्तिक ११,वालिङ ।वालिङ बजारमा ट्राफिक व्यवस्थापनको लागि अनुगमन गरिएको छ ।व्यापारिक प्रयोजनका लागि सडक पेटीमा राखिएका सामाग्रीहरु व्यवस्थित गर्न अनुगमन गरिएको हो ।वालिङ नगरपालिका,इलाका प्रशासन कार्यालय,प्रहरी प्रशासन तथा पत्रकारहरुको संयुक्त टोलीले अनुगमन गरेको हो ।

    व्यापारिक प्रयोजनका लागि सडक पेटीमा राखिएका सामाग्रीहरुले राजमार्ग साँघुरो बनेको तथा बजार अस्तव्यस्त बनेकोले अनुगमन गरिएको वालिङ नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताउनुभयो ।उहाँले सडक पेटीमा राखिएका सामाग्रीहरुको कारण दुर्घटना जोखिम बढेकोले अनुगमन कार्यलाई तिब्रता दिइएको बताउनुभयो । शिक्षा शाखा प्रमुख सापकोटाले सडकपेटीमा अव्यवस्थित रुपमा राखिका सामाग्रीहरुलाई तत्काल हटाउन निर्देशन गरिएको बताउनुभयो ।

    images

    2.JPG

    वालिङ नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको बताउँदै सापकोटाले व्यापारी तथा अन्य सर्वसाधारणलाई पहिलो चरणमा सुचना प्रवाह गरी सचेत बनाउने र पटक पटक नगरपालिकाको निर्देशनलाई अवज्ञा गर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन अनुसार कारबाही गरिने बताउनुभयो ।

    सापकोटाले भन्नुभयो‘वालिङ नगरपालिकाले हरेक महिना बजार अनुगमन गर्दै आइरहेको छ । नागरिकलाई सचेत गराउँदै बजारलाई व्यवस्थित गर्न आवश्यक सम्पूर्ण कार्यहरु नगरपालिकाले गरिरहेको छ ।’अनुगमनको क्रममा सडक पेटीमा अस्तव्यस्त रुपमा राखिएका निर्माण सामाग्री,फलफुल,किराना तथा फेन्सी सामाग्रीहरु तत्काल हटाउन नगरपालिकाले निर्देशन जारी गरेको छ ।नगरपालिकाको मुख्य बजार क्षेत्रहरु भकुण्डे,वालिङ,मिर्दी,रामबाच्छा लगायतका ठाउँहरुमा अनुगमन गरिएको छ ।

    बिहिवार, कार्तिक ११ २०७८०७:३४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend