Logo

शनिवार, कार्तिक १ गते २०८३

images

धान खेतको न्वारनको रुपमा मनाईने हरेलो पर्व हराउँदै

धान खेतको न्वारनको रुपमा मनाईने हरेलो पर्व हराउँदै

  • PNN Times
  • बुधवार, भाद्र ३ २०७७


  • पैयुँ,पर्वत । परम्परागत रुपमा भदौ महिनाको पहिलो मंगलबार मनाउने हरेलो पर्व लोप हुन थालेको छ । रोग र किराको प्रकोप न्युनीकरण गराउन भदौमा मनाइने हरेलो पर्व लोप हुँदै गएको छ । कृषिमा आधुनिकरण हुदै गएपछि परम्परागत शैलीमा मनाइँदै आएको हरेलो पर्व लोप हुँदै गएको हो ।

     रोपाई सकिएपछि पहाडी क्षेत्रमा भदौ महिनाको पहिलो मंगलबार हरेलो पर्व मनाइन्छ । 
    भूमि पूजा अर्थात धानको न्वारन गर्ने परम्पराको रूपमा यस पर्वलाई लिने गरीन्छ  । हरेलो नगरेको धान शुभ कार्य वा धार्मिक कार्यमा अशुद्ध हुने तथा धान  खेतमा रोग व्याधि नलाग्ने, रोग किराको प्रकोप कम हुने विश्वासका रहदै आएको छ । 

    images

    यसैबिच पर्वतमा किसानहरुले परम्परागत शैलिमा धान खेतमा पुगेर कुस जौ तिल तथा धुप धुवार सहित पुजा गरेका छन ।  मंगलबार विहानै  स्नान गरेर चोखो वस्त्र लगाउने, धूप, ध्वजा सहित अन्न र गेडागुडीको बिउ भुसमा मिश्रण गरेर मकैको खोस्टामा बाबियोले बाँधेर पाती वा मियालको हाँगामा झुन्ड्याएर हरेलो पुजा गरिन्छ । 


    मकैको खोस्टामा बाधेको केही समयपश्चात राम्रोसँग गेडागुडीको बिउ उम्रिएमा त्यो वर्ष धान खेति पनि राम्रो हुने विश्वास रहिआएको छ । उब्जाउ राम्रो बनाउन रोग किराको प्रकोप नहोस भन्ने कामना सहित हरेलो पर्व मनाई गरीन्छ ।
    खेतको आलीमा गर्ने पूजा, धूप गर्नाले धँुवारले किरा फट्याङ्ग्रालाई निर्मुल पार्न जैविक विषादीको काम गर्ने वैज्ञानिक विश्वासपनि छ ।  यस्ता संस्कार र परम्पराले खेती किसानको अनुशासनलाई पनि पछ्याइरहेको हुन्छ । पहाडी क्षेत्रमा यो परम्परा हराउदै जादा नयाँ पुस्ताका युवाहरूलाई यो संस्कार बारे थाहा छैन । 

    बुधवार, भाद्र ३ २०७७०८:३३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend