कात्तिक १३, पर्वत । पर्वतको पैयूँ गाउँपालिकामा अन्डर १४ पुरुष तथा खुल्ला फुटवल प्रतियोगिता सुरु भएको छ । पैयूँ गाउँपालिकाको प्रायोजनमा मर्दिखोला युनाइटेड क्लव द्वारा आयोजना गरिएको अन्डर १४ तथा खुला फुटवल प्रतियोगिता शनिवार देखी सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीले गर्नु भएको छ । राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने नाराका साथ शुरु भएको प्रतियोगिता हातेमाले चोक स्थित खेल मैदानमा चल्नेछ ।
प्रतियोगितलाई पैयुँ गाउँपालिकाले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितमा प्रथम, द्वितीय, र तृतीय हुनेलाई अन्डर १४ तर्फ क्रमश २० हजार, १० हजार र ५ हजार ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ भने खुल्ला तर्फ प्रथम, द्वितीय, र तृतीय हुनेलाई ३० हजार, २० हजार र १० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार राशि रहेको ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख एंव पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीले फुटबलको विकासमा सवै एकसाथ लाग्नुपर्नेमा जोड दिदै गाउँपालिकाले सधैव सहयोग गर्ने बताउनु भयो ।