Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा सन्चो बिसन्चो कार्यक्रम सुरु 

पैयूँमा सन्चो बिसन्चो कार्यक्रम सुरु 

  • निर्भीक नारायण भुर्तेल
  • आइतवार, कार्तिक १४ २०७८


  • पैयूँमा सन्चो बिसन्चो कार्यक्रम सुरु 
    कात्तिक १४, पर्वत । पर्वतको पैयूँमा सन्चो बिसन्चो कार्यक्रम सुरु गरिएको छ । पैयूँ गाउँपालिकाको आर्थिक वर्ष २०७८।७९ को कार्यक्रम अन्तर्गत गर्भवती महिला र नवजात शिशुको पोषणका लागि सञ्चालित गर्भवती तथा सुत्केरी  महिलासंग उपाध्यक्ष सन्चो बिसन्चो कार्यक्रम सुरु गरिएको हो ।
     
    कार्यक्रमको आईतबार पैैयूँ गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङले शुभारम्भ गर्नु भएको छ ।पैयूँ गाउँपालिका भित्र रहेका गर्भवती तथा सुत्केरी महिलालाई पोषणका लागि  पाँच हजार रूपैयाँ प्रदान गर्ने व्यवस्था अनुसार आईतबार वडा नम्बर तीन बेउलीबास बाट कार्यक्रम शुरु गरिएको  हो ।
     
    कार्यक्रम अन्तर्गत प्रति सुत्केरी महिलालाई पाचँ हजार रुपैयाँ नगद वा पोषण सम्बन्धी खाद्य सामाग्री वितरण गाउँपालिकाले गर्ने छ  । 
     
    कार्यक्रममा पैयूँ गाउँपालिका उपाध्यक्ष जसमति गुरुङ , पैयूँ गाउँपालिका वडा नम्बर तिनका वडा अध्यक्ष विष्णु प्रसाद काफ्ले, पैयूँ गाउँपालिकाका जनसम्पर्क अधिकृत मिन प्रसाद न्यौपाने, स्वास्थ्य शाखाका सह–संयोजक विष्णु कुमारी क्षेत्री लगायत विभिन्न कर्मचारीहरु, सुत्केरी महिलाहरु र नवजात शिशुहरुको उपस्थिती रहेको थियो ।

    आइतवार, कार्तिक १४ २०७८०६:५७:२८

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend