Logo

शनिवार, कार्तिक १ गते २०८३

images
विशेष छुटका साथ

वालिङमा पत्रकारीता तथा उद्घोषण तालिम हुने

वालिङमा पत्रकारीता तथा उद्घोषण तालिम हुने

  • PNN Times
  • सोमवार, कार्तिक १५ २०७८


  • वालिङमा  पत्रकारीता तथा उद्घोषण तालिम  हुने

    कात्तिक १५, वालिङ । स्याङ्जाको वालिङमा पत्रकारीता तथा उद्घोषण तालिम हुने भएको छ । पिएनन मिडिया हाउसको आयोजनामा वालिङ टेलिभिजन र पिएनन खबर डटकमको सहकार्यमा तालिम हुने भएको हो । शुभ दिपावली तथा छठ पर्वतको अवसरमा विशेष छुटका साथ मंसिर १ गतेबाट तालिम सुरु हुने मिडिया हाउसले जनाएको छ ।

    गुणस्तरीय संचारको माध्यमबाट समाज र देशलाई सकारात्मक दिशामा अगाडी बढाउन सकिन्छ भन्न लक्ष्य राखेर पिएनएन मिडिया हाउसले तालिमको आयोजना गरेको हो ।

    images

    मिडिया हाउसबाट पत्रकारीता, उद्घोषण तालिम संगै, नेतृत्व विकास, भाषण कला, मोटिभेस्नल, RJ/VJ लगाएत विभिन्न विषयमा तालिम दिने मिडिया हाउसका निर्देशक निर्भीक नारायण भुर्तेलले बताउनु भयो ।

    यो समय बोल्नेहरुको समय हो, रेडियो, टेलिभिजन, युट्युव लगाएत कुनै पनि सभा समारोहमा कार्यक्रम चलाउन वा भाषण गर्न समेत बोल्ने कलाको आवश्यक पर्ने हुदाँ यि सबै कुरा तालिमबाट सिक्न सकिने छ । तालिम दक्ष तथा अनुभवि प्रशिक्षकबाट प्रदान गरिने छ ।

    मिडिया हाउसले भिडियो डकुमेन्ट्री, विज्ञापन गराउनुका साथै कुनै पनि व्याक्ति वा संघ–संस्थाले पत्रकार सम्मेलन गर्न परेमा हल लगाएत आवश्यक सामाग्रीहरु उपलब्ध गराउने भुर्तेलले जानकारी दिए ।

    थप जानकारीको लागि : 9856082882

    सोमवार, कार्तिक १५ २०७८०५:४०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend