Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा बाख्रापालक किसानहरुले गरे सार्वजनिक सुनुवाई

वालिङमा बाख्रापालक किसानहरुले गरे सार्वजनिक सुनुवाई

  • गोपाल जिटी
  • सोमवार, कार्तिक १५ २०७८


  • वालिङमा बाख्रापालक किसानहरुले गरे सार्वजनिक सुनुवाई

    गोपाल जिटी
    कार्तिक १५,वालिङ । स्याङ्जा वालिङमा बाख्रापालन समूहका किसानहरुले सार्वजनिक सुनुवाई गरेका छन् ।  विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराले अनुदान साझेदारी गर्ने भएपछि वालिङ १ धरमपानीका फूलबारी बाख्रापालन समूहका किसानहरुले सोमबार सार्वजनिक सुनुवाई गरेका हुन् ।उन्नत बाख्रापालन तथा खसीबोका विक्रि वितरण उप आयोजनाका लागि नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाद्वारा अनुदान साझेदारी हुने भएको हो ।
    अनुदानग्राही संस्थाको  २७ लाख ७६ हजार ४ सय १९, वित्तीय लगानी ४२ लाख १८ हजार ६ सय ९३ र साझेदारी आयोजनाको अनुदान रकम रु.६९ लाख १९ हजार १ सय २६ गरी कूल १ करोड ३९ लाख १४ हजार २ सय ३८ रुपैयाँमा उप आयोजना सम्पन्न गरिने भएको हो ।

    252018832_626759181683148_7618098012288230208_n.jpg

    images

    कार्यक्रममा वालिङ नगरपालिका पशुसेवा शाखाका अधिकृत लेखनाथ अर्यालले उप -आयोजनाका लागि यति ठूलो रकम अनुदान प्राप्त हुनु राम्रो अवसर भएको बताउनुभयोे । शाखा अधिकृत अर्यालले प्राप्त अनुदानको उपयोगसँगै नमूनाकारुपमा बाख्रापालन व्यवसायी बन्न किसानहरुलाई आग्रह गर्नुभयो । पहिला जस्तो झोले किसानको समय अब नभएको उल्लेख गर्दै शाखा अधिकृत अर्यालले बास्तविक व्यवसायीहरुले अनुदान पाउन थालेको व्यक्त गर्नुभयो । साझेदारी आयोजनाको विधी र प्रकृया अनुसार छिटो काम गरेर लाभ लिन उहाँको आग्रह छ ।कार्यक्रममा नेपाल लाइभ स्टक सेक्टर इनोभेसनका प्रतिनिधी नन्दकुमार ओलीले समयमै उप-आयोजना सम्पन्न गरी अनुदान उपयोग गर्न आग्रह गर्नुभयो ।

    252018308_376367820840084_2279801534604008133_n.jpg

    राज्यले वास्तविक किसानको पहिचान गरेर अनुदान दिन थालेको उल्लेख गर्दै इनोभेसनका प्रतिनिधी ओलीले आयोजनाका विधि र प्रकृयामा सरलता ल्याउन आफ्नो पूर्ण सहयोग रहने व्यक्त गर्नुभयो ।उप आयोजनाबाट ३० घर परिवारका १ सय ५० जना लाभान्वित हुनेछन् । उप आयोजना अन्तर्गत ३ सय बाख्रापाल्ने समूहको योजना छ ।उन्नत जातको बाख्रा तथा स्वच्छ र गुणस्तरीय मासु उत्पादन गर्ने उप आयोजनाको उद्देश्य रहेको छ ।

    सोमवार, कार्तिक १५ २०७८०७:२८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend