Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गल्याङमा आरन व्यवस्थापनका लागि हाते मेसिन हस्तान्तरण

गल्याङमा आरन व्यवस्थापनका लागि हाते मेसिन हस्तान्तरण

  • PNN Times
  • बुधवार, भाद्र ३ २०७७


  • गल्याङमा आरन व्यवस्थापनका लागि हाते मेसिन हस्तान्तरण
    पैयुँ, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले आधुनिक आरन व्यवस्थापनका लागि हाते मेसिन वितरण गरिएको छ । 
    गल्याङ नगरप्रमुख भुपराज अधिकारीले मंगलबार नगरपालिकाका भित्रका विभिन्न दलित समुदायहरुलाई आरन व्यवस्थापनका लागि हाते मेसिन वितरण गर्नुभएको हो ।
    हाते मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख अधिकारीले सबै काममा अब आधुनिकता आउनुपर्ने बताउनुभयो । परम्परागत तरिकाले आरन व्यवसाय सञ्चालन गर्दा कष्ट व्यहोर्नुपरेको भन्दै उहाँले आधुनिकिकरणका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो । 
    सबै वर्ग, क्षेत्र, लिङ्ग र जातीका समुदायलाई माथि उकास्नु अहिलेको आवश्यकता रहेको भन्दै नगरप्रमुख अधिकारीले आफ्नो अधिकार प्राप्तिका लागि अझै जागरुक हुन सुझाब समेत दिनुभयो ।

    बुधवार, भाद्र ३ २०७७०८:४१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend