Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा किसानलाई अनुदानमा गहुँको बीउ वितरण

वालिङमा किसानलाई अनुदानमा गहुँको बीउ वितरण

  • PNN Times
  • शुक्रवार, कार्तिक २६ २०७८


  • वालिङमा किसानलाई अनुदानमा गहुँको बीउ वितरण

    तोलाकान्त बगाले

    वालिङ, २५ कात्तिक । स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराएको छ । नगरपालिकाले सूचना प्रकाशन गरे बमोजिम आवेदन दिएका किसानहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा गौतम जातको उन्नत गहुँको बीउ उपलब्ध गराएको हो ।

    नगरपालिकाले कृषिका क्षेत्रमा समयानुकुलका बीउ, बीजन, औजार, उपकरणहरु, कीटनाशक औषधिहरु उपलब्ध गराउँदै आएको र त्यसैलाई निरन्तरता दिंदै गहुँको बीउ उपलब्ध गराईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

    नगरपालिकाले सूचना प्रकाशन गरे बमोजिम माग गरेका समूह, सहकारी तथा ब्यक्तिहरुलाई ढुवानीसहित ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।

    पहिलो चरणमा ४३ क्वीन्टल बीउ उपलब्ध गराएको छ भने दोस्रो चरणमा १७ क्वीन्टल बीउ उपलब्ध गराउने तयारी भईरहेको कृषि शाखाका प्राविधिक केशबहादुर थापाले बताउनुभयो । 

    शुक्रवार, कार्तिक २६ २०७८१०:४२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend