Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो

मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो

  • PNN Times
  • आइतवार, कार्तिक २८ २०७८


  • मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो

     कात्तिक २८, मुस्ताङ । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए ।

    हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको डीएसपी दानीले जानकारी दिए । ‘प्रहरी त्यहाँ पुग्दैछ, विवरण आएको छैन ।

    images

    भागदौडमा ९ जना घाइते

    हिमपहिरोको डरले भागदौड हुँदा ९ जना घाइते भएका छन् । हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।

    हिमपहिरो खसेपछि त्यसको असरबाट जोगिन भागदौड हुँदा ९ जना सामान्य घाइते भएका र उनीहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको डीएसपी दानीले जानकारी दिए ।

    नजिकै हिमपहिरो खसेपछि भागदौड भए पनि विद्यालयमा असर भने परेको छैन ।

    आइतवार, कार्तिक २८ २०७८०४:४७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend