Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा घाँसको बिउ बितरण  

वालिङमा घाँसको बिउ बितरण  

  • गोपाल जिटी
  • आइतवार, कार्तिक २८ २०७८


  • वालिङमा  घाँसको बिउ बितरण  

    कात्तिक २८, स्याङ्जा ।  स्याङ्जाको वालिङमा कृषकहरुलाई घाँसको बीउ वितरण गरिएको छ । वालिङ नगरपालिकाका कृषकहरुलाई घाँसको बिउ बितरण गरिएको हो । नगरपालिका भित्रका १४ वटै वडाका अगुवा तथा व्यवसायिक कृषकहरुलाई जै घाँसको बिउ बितरण गरिएको हो ।

    नगर भित्रका १ सय ४८ जना कृषकहरुलाई घाँसको बीउ बितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेले जानकारी दिनुभयो ।

    परियोजना अन्तर्गत कृषक तथा उद्यमीहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्न बिभिन्न सहयोग गरिदै आएको अध्यक्ष गैह्रेले बताउनु भयो । परियोजनाको मुख्य कार्य नै उत्पादन  र उत्पादकत्व बृद्धिमा रहेको अध्यक्ष गैह«ेको भनाई छ ।

    वालिङ नगरपालिका परिसरमा स्थापना गरिएको उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकले कृषक तथा उद्यमीहरुसँग सहजिकरण समेत गर्दै आएको छ ।

    वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत घाँसको बिउ बितरण गरिएको हो ।

    आइतवार, कार्तिक २८ २०७८०६:०६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend