Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कृषिमा युवाको आर्कषण, होटेल व्यवसाय छाडेर च्याउखेतिमा

कृषिमा युवाको आर्कषण, होटेल व्यवसाय छाडेर च्याउखेतिमा

  • कला राना
  • आइतवार, कार्तिक २८ २०७८


  • कृषिमा युवाको आर्कषण, होटेल व्यवसाय छाडेर च्याउखेतिमा

    कला राना
    स्याङ्जा २८ कार्तिक । पछिल्लो समय युवाहरु कृषिमा आर्कषित भएका छन् । विदेशबाट फर्केर तथा अन्य व्यवसाय छाडेर कृषिमा लाग्नेहरु बढेका छन् । संघियतासंगै स्थानीय पालिका तथा अन्य संघसंस्थाहरुले आवश्यक प्राविधिक सहयोग तथा परामर्श दिन थालेपछि स्याङ्जाका युवाहरु कृषिमा आर्कषित भएका हुन् । स्याङ्जाको पुतलीबजार नगरपालिका ११ का शिवप्रसाद लामिछाने होटल व्यवसाय छाडेर व्यवसायिक कृषिमा लाग्नुभएको पनि ३ वर्ष पुग्यो । 

    बुटवल हुँदै स्याङ्जामा समेत होटल गर्नुभएका लामिछानेले एकिकृत कृषि फर्म दर्ता गरेर अहिले च्याउ खेति, तरकरी तथा सुन्तला खेति र बाख्रा पालन पनि गर्नुभएको छ । १ हजार मुडामा सिताके च्याउ लगाउनुभएका छामिछानेलाई अहिले च्याउ बेच्न भ्याईनभ्याई छ । हजार मुडाबाट अहिले दैनिक १० किलो भन्दा बढी च्याउ उत्पादन भईरहेका छन् । आजभन्दा ७÷८ वर्षपहिलेदेखि घ¥यासी प्रयोजनका लागी मात्रै च्याउ लगाएपनि व्यवसायिक रुपमा भने ३ वर्षपहिले देखि शुरु गर्नुभएको हो । 

    images

    उहाँले भन्नुभयो, ‘यसअघि होटल व्यवसाय पनि गरेँ तर होटल व्यवसायमा सहज रुपमा कामदार नपाउँने समस्या भएपछि कृषिमै केहि गरौँ, आफ्नै ठाउँमा केहि गरौँ भन्ने अठोटले अहिले कृषिमै लागिपरेको छु ।’ कृषिमा पनि सिताके च्याउमा मेहेनत र लगानी तुलनात्मक रुपमा कम हुँने भएकाले पनि च्याउमा उहाँको आर्कषण बढेको हो । च्याउसंगै उहाँको फर्ममा २० ओटा बाख्रा पनि छन् । 


    १० रोपनीमा सुन्तला समेत लगाउनुभएका लामिछानेले गत वर्ष ढेड लाख भन्दा बढीको च्याउ बेच्नुभएको छ भने अहिले ४ लाखको च्याउ बेच्ने लक्ष्य लिनुभएको छ । सिताके च्याउ विउ रोपेको ९ महिनापछि फल दिन थाल्छ । कटुस, उत्तिस जातको काठमा उपयुक्त हुन्छ । कार्तिक १५ देखि पुसम्म र फाल्गुनबाट वर्षमा दुई सिजनमा फल टिप्न शुरु हुन्छ । 

    पुतलीबजार नगरपालिका ११ र १२ सिताके च्याउको पकेट क्षेत्र हो । कृषि विकास कार्यालयले दुई वर्षदेखि दुई वडामा च्याउको पकेट कार्यक्रम मार्फत किसानलाई मुडा व्यवस्थान, तालिम विउ प्रदान गरेको थियो । च्याउको महत्व कम थाहा हुँदा स्थानीय बजारमा सहज रुपमा सिताके च्याउको बजारीकरण हुँन सकेको छैन् । प्रतिकेजी ४५० रुपैँयामा सिताके च्याउ विक्रि भएको छ । 

    स्याङ्जा सहित पोखरा, बुटवल र नारायणघाटमा समेत च्याउ निर्यात हुने गरेको छ तर सहजै बजारीकरण हुँन नसकेको लामिछानेले बताउनुभयो । लामिछानेले भन्नुभयो, ‘आजभन्दा दुई वर्ष अगाडि स्याङ्जामा दैनिक २, ३ केजी मात्रै विक्रि हुन्थ्यो तर अहिले भने दैनिक १० केजी विक्रि हुँन्छ तर त्यति सहज भने छैन् ।’ शाकाहारीले प्राय च्याउ रोज्ने गरेका छन् भने पछिल्लो समय मांशाहारीले समेत च्याउ रोज्ने गरेका छन् । 

    आइतवार, कार्तिक २८ २०७८०६:१०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend