Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एकादशीमा तीर्थस्थलहरुमा मेलाको रौनक बढ्यो

एकादशीमा तीर्थस्थलहरुमा मेलाको रौनक बढ्यो

  • गोपाल जिटी
  • सोमवार, कार्तिक २९ २०७८


  • एकादशीमा तीर्थस्थलहरुमा मेलाको रौनक बढ्यो


    गापाल जिटी ।  कात्तिक २९, गण्डकी । गङ्गा स्नान र तुलसीको विवाह गरेर मनाइने हरिवोधनी अर्थात कार्तिके ठुली एकादशी पर्व यस पटक उत्साहजनक रुपमा मनाइएको छ । 

    विगत दुइवर्ष कोरोना महामारीका कारण प्राय शुन्य रहेका तीर्थ स्थलहरुमा केहि खुकुलो भएपछि तीर्थालु भक्तजनहरु यसपटक उल्लेख्यरुपमा धार्मिक स्थलमा पुगेका थिए ।  

    यसैक्रममा सोमबार स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदिधाम रामदीमा विगतमा हुने मेलाको झल्को दिनेगरी एकादशी मेला मनाइएको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसावले समेत परिचित रामनदिधाममा यस्ता पर्वहरुमा धेरैवर्ष पहिलादेखि नै तीर्थालु भक्तजनहरुको घुईंचो लाग्ने गर्दछ ।

    परम्परादेखि गरिदै आएको गङ्गास्नान तथा तोरण तार्ने भक्तजनहरुको यसपटक उल्लेख्य उपस्थिति रहेको थियो । कोभिडका कारण विगत दुईवर्ष मेला नलागे पनि यस पटक कोरोना महामारी नियन्त्रणमा आएकाले भक्तजनहरुको उपस्थिति राम्रै रहेको समाजसेवी सुदर्शन अमात्यले बताउनुभयो । पहिलाका मेलाको तुलनामा यस पटक ५० प्रतिशत उपस्थिति रहेको समाजसेवी अमात्यको भनाई छ ।

    सत्ययुगमा भगवान राम आएर केहिदिन बसेको र गङ्गास्नान गरेको जनविश्वास रहेको रामनदिधाम एकिकृत विकास समितिका अध्यक्ष कौशिक महाराजले बताउनुभयो । विशेषगरी मगर भाषामा राम डी भनिदै आएको र भगवान रामले नुहाएको पानीबाट रामदी नामाकरण गरिएको हुनसक्ने कौशिक महाराजले उल्लेख गर्नुभयो । 
    उहाँले साधुसन्तहरु आउने बस्ने गर्दै आएको पवित्र तीर्थकारुपमा मान्दै आएको हुनाले पनि रामनदिधामको विशेष महत्व रहेको बताउनुभयो । पहिला रामदी मात्रै भनिदै आएकोमा २०४२ सालमा योगी नरहरिनाथले कोटिहोम यज्ञ गरेपछि रामनदिधाम भनिदै आएको र यहाँको महत्व समेत गहिरिएको कौशिक महाराजले उल्लेख गर्नुभयो ।

    यसैगरी रामनदिधामको मेला धर्म संस्कार संस्कृतिको महान पर्व भएको काली गण्डकी ज्ञान प्रतिष्ठानका केन्द्रीय सदस्य तथा समाजसेवी जगदिशप्रसाद गैह«ेले बताउनुभयो । परम्परादेखि आप्mनो आस्था र विश्वास अनि धार्मिक अस्तित्व जोगाइराख्नका लागि स्याङ्जा लगायत विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गरेको प्रतिष्ठानका केन्द्रीय सदस्य गैह«ेको भनाई छ । 

    स्थानीय सुनगुफा युवा क्लवको सक्रीयतामा मेलालाई व्यवस्थित गराउँदै आएको छ । क्लवको सक्रीयतामा जे जति भएको छ यसमा थप व्यवस्थापन गर्नुपर्ने छ र यसका लागि स्थानीय गल्याङ नगरपालिकाले चासो देखाउनुपर्ने क्लवका अध्यक्ष शिवहरि अमात्यले बताउनुभयो ।

    सोमवार, कार्तिक २९ २०७८०६:१८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend