Logo

शनिवार, कार्तिक १ गते २०८३

images

चाड पर्व तथा परम्पराको नाममा भोज भतेर नगर्न वालिङ नगरपालिकाको अनुरोध

चाड पर्व तथा परम्पराको नाममा भोज भतेर नगर्न वालिङ नगरपालिकाको अनुरोध

  • PNN Times
  • बुधवार, भाद्र ३ २०७७


  • चाड पर्व तथा परम्पराको नाममा भोज भतेर नगर्न वालिङ नगरपालिकाको अनुरोध

     

    भदौ ०३, वालिङ स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई लक्षित गरी चाडपर्व तथा परम्पराको नाममा भोज भतेर नगर्न  नगरवासीमा अनुरोध गरेको छ ।
    वालिङ नगरपालिकाले कोभिड १९ को संक्रमण समुदायस्तरमा समेत पुगिसकेको अवस्थामा यसको रोकथाम तथा नियन्त्रणका लागि सचेतनास्वरुप भोज भतेर नगर्न र एक ठाउँबाट अर्को ठाउँमा नजान पनि अनुरोध गरेको छ ।
    बन्दाबन्दी जारी रहेको अवस्थामा चाडपर्वहरुमा नगरबासी नागरिकहरु जहाँ जहाँ हुनुहुन्छ उहाँहरुलाई त्यही ठाउँमा बस्न नगरपालिकाको आग्रह छ ।
    बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिने एटिएम बाहेकका सबै सेवाहरु भदौ ९ गतेसम्म बन्द गर्ने, अत्यावश्यक वस्तु तथा सेवाहरुको हकमा भदौं ३ गतेदेखि विहान ७ देखि ९ बजे र साँझ ५ देखि ७ बजे सञ्चालन गर्न नगरपालिकाले भनेको छ । अति जरुरी काम परी घर बाहिर निस्कनुपरेमा अनिवार्य मास्कको प्रयोग गर्ने तथा सामाजिक भौतिक दूरी कायम राख्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।

    images


    स्याङ्जा जिल्लामा पुनः एकसाता निषेधाज्ञा जारी गरेको अवस्थामा वालिङ नगरपालिकाले त्यसको कार्यान्वयनमा जोड दिंदै निषेधाज्ञाको अवज्ञा गर्ने गराउने जो कोहीलाई पनि संक्रामक रोग ऐन २०२० र अन्य प्रचलित कानून बमोजिम कारबाही हुने नगरपालिकाले उल्लेख गरेको छ ।

    बुधवार, भाद्र ३ २०७७०८:१३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend