पैयुँ ।हरितालिका तीज, विशेषगरी तिजमा माइतीले छोरी–चेलीलाई छोरीको घरमा गई लिएर आउने र मीठा–मीठा परिकार खुवाउने तथामनका भावना एवम् सुखदुख साटासाट गरी एकै ठाउँमा खाने बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यही दरखाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ ।
तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा मात्र होइन दर खाने दिनहरुमा समेत परिवर्तन हुदै गएको छ । सामान्यतया दर तिजकोअघिल्लो दिन साझ खाने चलन भए पनि अहिले १ महिना अघिदेखि दर खाने चलन बसि सकेको छ । तिजको दिन दिनभर पानीसम्म पनिनखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।
तर आज भोलि तिजमा दुख सुख साट्नेहरुभन्दा तिजलाई भड्किलो बनाउनेहरुको जामात बढेको छ ।
नेपाली महिलाले धार्मिक रूपमा मनाउँदै आएको हरितालिका तिज आधुनिक हुँदै गएको छ । पछिल्ला केही वर्षयता सांकृतिक भन्दामनोरञ्जन गर्ने पर्वको रूपमा विकास हुँदै छ । तिज मनाउन दर खाने, नाच्ने र गाउने कुराको पनि फरक ढंगले विकास हुँदै छ ।
सत्ययुगमा पार्वतीले महादेव पति पाउँ भनेर व्रत बसेको र महादेव पति पाएको धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्छ । तर, त्यही तिज अहिलेसहर बजारमा महिना दिन अघिदेखि भड्किलो रूपमा मनाउने संस्कारको रुपमा विकास हुँदै छ ।
तिज पर्व मौलिक सांस्कृति, परम्परा र रितीरिवाज भित्रको भन्दा अली फरक बन्दै गएको छ, उत्ताउला गीत संगित सहितको महंगा महंगापहिरन र गरगहनाको प्रदर्शन बन्दै गएको छ । यस्ले गर्दा तिजमा हुने खाने र हुदा खानेहरु बिच विभेद देखिन्छ ।
तर यो वर्षको तिज भनेकोरोना भाइरसको कारण खुलेआम मनाउन सकिएको छैन । कोरोनाकै कारण भए पनि यो वर्ष तिज समान रुपमा मनाउन थालिएको छ। हुदा खाने र हुने खानेहरुले समाना रुपमा तिज मनाएको देखिन्छ ।
हुन त डर कोरोनाको हो यद्यपी यो डरले गर्दा भड्किलो हुन बाटबचेको तिज आगामी दिनमा समानताको तीज बन्न सकोस ता की गाउँमा बसेर घाँस दाउरा, डोको नाम्लो ,ढिकी जाँतो र मेलापात गर्नेनारीको पनी तीज बन्न सकोस । तडक भडक र भड्किलो होईन, सभ्य, सरल र संस्कृतीको तीज बन्न सकोस, पुन : समस्त देश तथाबिदेशमा बस्ने आमा दिदी बहिनीहरुमा हरितालिका तीज पर्वको पावन अवसरमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतीको लागी हार्दिकमंगलमय शुभ कामना ।