Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अन्तराष्ट्रिय स्याङ्जा सहयोग समाजको चौथो अधिवेसन सोमबार हुदै

अन्तराष्ट्रिय स्याङ्जा सहयोग समाजको चौथो अधिवेसन सोमबार हुदै

  • गोपाल जिटी
  • आइतवार, मंसिर १२ २०७८


  • अन्तराष्ट्रिय स्याङ्जा सहयोग समाजको चौथो अधिवेसन सोमबार हुदै

    १२ मंसिर, वालिङ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको चौथो विश्व सम्मलेलन तथा सातौँ अधिवेसन सोमबार वालिङमा हुने भएको छ । स्याङ्जाबाट रोजगारका लागि विभिन्न मुलुक पुगेका स्याङ्जेलीहरुको संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले भोलि सम्मेलन तथा अधिवेसन गर्ने आईतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

    ‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मूल नारासहित आयोजित सम्मेलनको गण्डकी विश्वविद्यालयका कूलपति डा.गणेशमान गुरुङले उद्घाटन गर्नुहुँनेछ । सम्मेलनमा विश्वका विभिन्न मुलुकमा छरिएर रहेकाहरुको भौतिक तथा भर्चुवल सहभागिता रहनेछ ।

    Capture.JPGउनका अनुसार, जापान, अमेरिका, स्पेन, यूएई, यूके, कतार, दुबई लगायत १९ वटा विभिन्न देशका प्रतिनिधिहरु गरी ३ सय  जनाको सहभागिता रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।  प्रवासमा रहेका स्याङ्जाबासी युवाहरुले सोही सामाजिक संस्थामार्फत जिल्लामा विभिन्न सामाजिक काम गर्दै आएको छ ।

    कोभिडको समयमा विभिन्न स्वास्थ्य सामाग्री तथा ११ वटै पालिकामा अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर सहयोग गरेको समाजले जिल्लामा दुख तथा विपत्तिमा सहयोग गर्दै आएको संस्थाका महासचिव हेमन्त रानाभाटले जानकारी दिनुभयो । विदेशमा कमाएको रकम आफ्नै गृहजिल्लामा संयुक्त लगानी गर्ने योजनाका साथ अगाडि बढेको समाजले बहुउद्देश्यीय सहकारी मार्फत कृषिका क्षेत्रमा योगदान पु¥याउने लक्ष्य लिएको समाजका प्रमुख सल्लाहकार खेमनारायण काफ्लेले जानकारी दिनुभयो ।

    अधिवेशनले २ वर्षे कार्यकालको समीक्षासहित नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष जीवन न्यौपानेले जानकारी दिनुभयो । कोभिडको समयमा अक्सिजन तथा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्योपचारमा आर्थिक समस्यामा परेकाहरुको निम्ति आर्थिक सहयोग, बाढीपहिरो पीडित तथा विभिन्न घटनामा ५० लाख भन्दा बढिको सहयोग गरेको संस्थाले जनाएको छ ।

    आइतवार, मंसिर १२ २०७८०८:०३:४८

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend