Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सामाजिक सेवामा प्रशंसनीय स्याङ्जा समाज

सामाजिक सेवामा प्रशंसनीय स्याङ्जा समाज

  • गोपाल जिटी
  • सोमवार, मंसिर १३ २०७८


  • सामाजिक सेवामा प्रशंसनीय स्याङ्जा समाज

    १३ मंसिर ,वालिङ । गण्डकी विश्वविद्यालयका कूलपति प्राध्यापक डा.गणेशमान गुरुङले स्याङ्जाबाट रोजगारका लागि विभिन्न मुलुक पुगेका स्याङ्जेलीहरुको संस्था स्याङ्जा सहयोग समाजको सामाजिक गतिविधी प्रशंसायोग्य रहेको बताउनु भएको छ ।

    दैवी प्रकोप, बाढि पहिरो तथा अपाङ्गता भएका नागरिकहरुलाई राहत सहयोग उपलव्ध गराउनुका साथै विभिन्न सामाजिक क्षेत्रमा सहकार्य गर्नु प्रशंसायोग्य कार्य भएको प्राध्यापक डा. गुरुङले बताउनुभएको हो । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको चौथो विश्व सम्मलेलन तथा सातौँ अधिवेसनको सोमबार वालिङमा उद्घाटन गर्दै प्राध्यापक डा. गुरुङले कोरोना महामारीका समयमा समेत जिल्लाका हरेक पालिकासँग समन्वय गरी सहयोग पु¥याउँदै आएकोमा सराहना गर्नुभयो ।


    निजामति सेवाका क्षेत्रमा स्याङ्जाका धेरैजना सेवारत रहेको उल्लेख गर्दै प्राध्यापक डा. गुरुङले संस्थागत नेतृत्वमा समेत क्रियासिल हुनु गौरवको कुरा भएको बताउनभयो । यसका साथै सामाजिक सेवाका क्षेत्रमा समेत अगाडि रहेको समाजले जिल्लामा गरेको गतिविधिले देखाएको उहाँले व्यक्त गर्नुभयो  

    images

    अफ्रिकि मुलुकबाट कोरोनाको नयाँ भाइरस पैmलिन थालेकोले नेपालमा पनि आउनसक्ने हुँदा अनिवार्य मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने लगायत स्वास्थ्यका मापदण्ड पालना गर्न गण्डकी विश्वविद्यालयका कूलपति प्राध्यापक डा. गुरुङले आग्रह छ ।

    अधिवेशनले २ वर्षे कार्यकालको समीक्षासहित नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष जीवन न्यौपानेले जानकारी दिनुभयो । कोभिड महामारीको समयमा अक्सिजन तथा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्योपचारमा आर्थिक समस्यामा परेकाहरुको निम्ति आर्थिक सहयोग, बाढीपहिरो पीडित तथा विभिन्न घटनामा ५० लाख भन्दा बढिको सहयोग गरेको संस्थाले जनाएको छ ।

    सन २००५ मा कतारबाट सुरु गरिएको समाजमा जापान, अमेरिका, स्पेन, यूएई, यूके, कतार, दुबई लगायत १९ देशमा कार्यरत प्रतिनिधिहरु गरी ३ सय  जनाको सहभागिता रहेको छ । आगामी दुई वर्षका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष र सदस्यहरु सहित ३२ सदस्यीय कार्य समिति निर्वाचित गर्ने समाजले जनाएको छ ।

    सोमवार, मंसिर १३ २०७८०७:१२:३१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend