Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सरकारको मुख ताक्न छोडेर सामाजिक काममा जुटे पैयुँ भुर्तेलथोकका युवाहरु

सरकारको मुख ताक्न छोडेर सामाजिक काममा जुटे पैयुँ भुर्तेलथोकका युवाहरु

  • PNN Times
  • आइतवार, भाद्र ७ २०७७


  • सरकारको मुख ताक्न छोडेर सामाजिक काममा जुटे पैयुँ भुर्तेलथोकका युवाहरु
     
    भदौ,७ । पैयुँ । पैयुँमा गाउँका युवाहरु सरकारको मुख ताक्न छोडेर सामाजिक काममा जुटेका छन् ।
     
    विगतमा गाउँघरमा स्थानीयको सहभागितमा निःशुल्क हुने अधिकांश काम अहिले स्थानीय सरकारले बजेट विनियोजन भएपछि मात्र हुने गरेको छ । जसका कारण आफ्नो घरगाउँ वरपर गर्नु पर्ने स–साना कामको लागि पनि सरकारको मुख ताक्ने बानि परिसकेको छ । तर  पर्वतको पैयुँ गाउँपालिकाका युवाहरु सरकारको मुख ताक्न छोडेर काममा जुटेका छन् । गाउँपाकिाको वडा नम्बर ५ का युवाहरु सामाजिक काममा गर्न सक्रीय भएका हुन् ।
     
    वडा नम्बर ५ भुर्तेलथोक विश्वकृति युवा क्लबका युवाहरुले वर्षातको पानीले बिगारेको आफ्नो गाउँ जाने मुख्य सडक मर्मत गर्न सक्रीय भएका हुन् । मोटरसाईकल तथा हलुका सवारी साधन केही पनि गुड्न नमिल्ने भएपछि क्लबका युवाहरु मर्मत गरेका हुन ।
     
    करिब २ सय घर रहेको गाउँमा जाने चिसापानी, सिरीन्डाडा, फिल्थुम, पिप्लेडाडा, डाडाघर हुदै देउराली सम्म जाने मुख्य सडक विग्रेका कारण युवाहरु आफैले निःशुल्क रुपमा मर्मत गरेर अहिले सहजै गाडि गुड्न सक्ने बनाएका छन । करिब लाखको लागतमा मर्मत गर्नु पर्ने सडक क्लबका युवाहरुले मर्मत गरेका हुन ।
     
    “हामी जे गर्छौ देश विकासको लागि गर्छौ, देश विकासको अभियान विश्वकृतिको अभियानको पहिचान” भन्ने नारा लिएको क्लबले सामाजिक काममा अग्रसरता देखाउदै आएको छ ।
     
    क्लबले आगामी दिनमा यस्ता कामहरु गर्ने र स–साना कामको लागि सरकारको मुख ताकेर नबस्ने क्लबका अध्यक्ष चोकलाल भुर्तेलले जानकारी दिए ।
    विरामी बोक्ने एम्वुलेन्स समेत हिँडन नसक्ने गरी विग्रेको बाटो युवाहरुको सक्रीयतामा मर्मत भएपछि गाउँवासीहरुले खुशी व्यक्त गरेका छन् ।
     
    IMG_1114.jpeg
     
    IMG_1122.jpeg
    IMG_1122.jpeg
    IMG_1126.jpeg
    IMG_1163.jpeg

    आइतवार, भाद्र ७ २०७७०७:५०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend