Logo

आइतवार, कार्तिक २ गते २०८३

images

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा राना

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा राना

  • PNN Times
  • मंगलवार, मंसिर २१ २०७८


  • सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा  राना

    मंसिर २०, स्याङ्जा । सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा कला राना निर्वाचित हुनुभएको छ । मंगलबार वालिङमा सम्पन्न तेस्रो अधिवेशनले रानाको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्म निर्वाचित गरेको हो ।

    समूहको उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा आरती कुँवर, कोषाध्यक्षमा अस्मिता राना रहनुभएको छ भने सदस्यहरुमा फुलमाया रश्मी भट्टराई, ममता ज्ञवाली, अनिता गौतम, कामना सुनार, गीता भट्टराई, रहनुभएको छ । 

    images

    नवनिर्वाचित समूहलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै वालिङ नगरउपप्रमुख कल्पना तिवारीले महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समूहलाई अगाडि बढाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । 

    साथै उपप्रमुख तिवारीले महिला पत्रकारहरुको हकअधिकार र क्षमता अभिवृद्धिका लागि आवश्यक समन्वय र सहकार्य नगरपालिकाले गर्ने भन्दै सम्पूर्ण महिलाहरुको आवाज बुलन्द पार्न सञ्चारिका अब्बल बन्नुपर्ने बताउनुभयो ।

    मंगलवार, मंसिर २१ २०७८०७:४२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend