Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रथम एलादी महोत्सव

प्रथम एलादी महोत्सव

  • मोहन सुनार
  • आइतवार, मंसिर २६ २०७८


  • मंसिर २६, स्याङ्जा । कोरोना महामारीका कारण रोकिएका मेला महोत्सवहरुले विस्तारै गतिलिन थालेका छन् । वर्षा सकिएर हिउँद सुरुभएसँगै विभिन्न सँघसंस्थाहरुले मेला महोतसवहरु सुरु गरेका छन् । यसैक्रममा स्याङ्जाको वालिङ ४ एलादीमा प्रथम एलादी महोत्सव शुक्रबारदेखि सुरु भएको छ ।

    स्थानीय संगम युवा यवा क्लवले प्रथम एलादी महोत्सवको आयोजन गरेको हो । लामो समयपछि मेला महोत्सवको  आयोजनाले दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ । शुक्रबार उद्घाटनको प्रथम एलादी महोत्सवको दोस्रोदिन शनिबार दर्शकहरुको निकै भीड लागेको थियो ।

    images

    शनिबार राष्ट्रिय कलाकारहरु शर्मिला गुरुङ, घनश्याम रिजाल, सुरेन एस के, रविना गुरुङ तथा किशु गुरुङले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । यसैगरी महोत्सवको तेस्रोदिन आइतबार प्रिति आले, राजु गुरुङ लगायतका राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    २८ गतेसम्म सञ्चालन हुने महोत्सवमा भलिबल प्रतियोगिता लगायतका विभिन्न खेलकुदसँग सम्बन्धी कार्यक्रमहरु समेत आयोजना गरिएका छन् भने दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ ।

    संगम युवा क्लब वालिङ ४ एलादीले महोत्सवको आयोजना गरेको हो भने कृषि, हस्कताला लगायतका २५ वटा स्टलहरु रहेका छन् ।

    आइतवार, मंसिर २६ २०७८११:०८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend