मंसिर २६, स्याङ्जा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज स्याङ्जाको अध्यक्षमा तिलक गुरुङलाई निर्वाचित हुनुभएको छ । शनिबार वालिङमा सम्पन्न प्रथम अधिवेसनले गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति निर्वाचित गरेको हो ।
उपाध्यक्षमा संगिता मगर, सचिवमा धनु गुरुङ, सहसचिवमा अस्मिता राना, कोषाध्यक्षमा अनिशा राना रहनुभएको छ भने सदस्यहरुमा जमुना गुरुङ, याम सोमई, ओमप्रसाद गुरुङ, रीमा गुरुङ रहनुभएको छ ।
त्यस्तै सल्लाहकारमा टिकराज गुरुङ, गोपाल जिटि र कला राना रहनुभएको छ । अधिवेसनको उद्दघाटनका क्रममा फोनिज प्रदेश सदस्य सुशान्त गाहाले जनजाति पत्रकारहरुको साझा संगठन फोनिज देशभरीका ६० जिल्लामा विस्तार गरिएको भन्दै गण्डकीका ४ जिल्ला बाहेक अन्य जिल्लामा फोनिज विस्तार भएको बताउनुभयो ।