मंसिर २८, स्याङजा । स्याङजाको वालिङमा पत्रकार सम्मेलन गरिएको छ । गण्डकि प्रदेशकै सबैभन्दापुरानो क्याम्पस वालिङ बहुमुखी क्याम्पसले आफ्नो ४२ औँ बार्षिकोत्सवकोपूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेको हो ।
क्याम्पसले मंसिर २८ गते देखी पौष ४ गते सम्म विभिन्न कार्यक्रम गरि वार्षिकोत्सव मनाउने जनाएको छ ।
मंसिर २८ गते देखी पौष १ गते सम्म छात्र/छात्रा भलिबल प्रतियोगिता, २८ गते नै सरसफाई कार्यक्रम, २९ गते अन्तर क्याम्पसअन्तरक्रिया र वक्तृत्वकला कार्यक्रम, पौष १ गते हाजिरी जवाफ प्रतियोगिता, पौष २ गते प्रभातफेरी र छात्र/छात्रा हाईजम्प र लङ जम्प,
पौष ३ गते मञ्च व्यवस्थापन र पौष ४ गते साँस्कृतिक कार्यक्रम सहित समापन कार्यक्रम रहेको क्याम्पस प्रमुख सचितानन्द यादवलेजानकारी गराउनु भयो।
कार्यक्रममा क्याम्पस सञ्चालन समितिका अध्यक्ष हुमकान्त कोईरालाले वार्षिकोत्सव समयमा मात्र नभएर अन्य बेला पनि संचारमाध्यमबाट क्याम्पसको प्रचार प्रसारमा सहसोग गरिदिन आग्रह गर्नु भएको छ।
२०३७ सालमा स्थापना भएको क्याम्पसमा अहिले १६ सय ५५ जना विद्यार्थी अध्यनरत छन ।
साथै वालिङ बहुमुखी क्याम्पस विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायनकृत (QAA) भएको क्याम्पसहो ।