Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नाली व्यवस्थापन नहुदा हिउँमा समेत हिलाम्मे बन्यो सडक, नागरिकलाई सास्ती

नाली व्यवस्थापन नहुदा हिउँमा समेत हिलाम्मे बन्यो सडक, नागरिकलाई सास्ती

  • गोपाल जिटी
  • बुधवार, मंसिर २९ २०७८


  • नाली व्यवस्थापन नहुदा हिउँमा समेत हिलाम्मे बन्यो सडक, नागरिकलाई सास्ती

    मंसिर २९, स्याङ्जा । स्याङ्जाको वालिङ नगरमा मध्य हिउँदका बेलापनि सडक हिलाम्मे भएर नागरिकहरु सास्ती खेपिरहेका छन् । नगरपालिकाको केन्द्र मानिने वडा नम्वर ८ मा सडक हिलाम्मे भएर नागरिकहरुले सास्ती खेप्न बाद्य भएका हुन् । 

    सिद्धार्थ राजमार्गमा पर्ने वालिङ बजार चोकदेखि झण्डै १ किलोमिटर दक्षिण मियालेटोल नजिकैको सडक पानीको निकास नहुँदा अस्तव्यस्त छ । झण्डै एक महिनादेखि सडक हिलाम्मे भएर हिडडुल गर्न समेत मुश्किल परिरहेको छ ।

    मध्य हिउँदका बेलामा पनि सवारी साधनमात्र नभएर पैदल हिँड्न समेत मुश्किल छ । यो क्षेत्रमा रहेका साढे तीन दर्जन घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् । यहि बाटो भएर वालिङदेखि काफलडाँडा हुँदै चापाकोटसम्म जाने दर्जनौ साना गाडिहरु दैनिक गुडिरहेका हुन्छन् ।

    images

    यसका साथै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व रहेको प्रसिद्ध गह्रौ सुर मन्दिरमा पनि यहि बाटो भएर जानुपर्छ । वडा अध्यक्ष कमल सुवेदीलाई पटक पटक गरेका गुनासाको कुनै सुनुवाई नभएको स्थानीयहरु बताउँछन् । स्थानीय मियाँले टोलवासीका साथै विपीचोकवासीहरु समेत सास्ती भोग्न बाद्य छन् ।

    सडक विस्तारका नाममा करोडौं बजेट खर्च गरिएको भएपनि नालीको व्यवस्था हुन नसक्दा दुख भएको स्थानीय बताछन । स्थानीय निर्वाचन भएको ४ वर्ष पूरा भैसक्दासम्म पनि शाखा सडकको समेत व्यवस्थापन नहुनुले आम नागरिकहरुमा निराशा छाएको छ । 

    20211215_101145.jpg

    बुधवार, मंसिर २९ २०७८०७:२८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend