Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पूर्णामृत भवानी माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्वस सम्पन्न

पूर्णामृत भवानी माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्वस सम्पन्न

  • PNN Times
  • बिहिवार, पौष ८ २०७८


  • पूर्णामृत भवानी माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्वस सम्पन्न
    पौष ८, वालिङ । वालिङ १० स्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्वस, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम विहिबार सम्पन्न भएको छ । कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारीले पूर्णामृत भवानी माध्यमिक विद्यालय यस क्षेत्रको नक्षेत्र रहेको भन्दै विद्यालयले धेरै राष्ट्रसेवक विद्यार्थीहरु उत्पादन गरेको बताउनुभयो ।

    विद्यालयकी पूर्व विद्यार्थी समेत रहनुभएकी तिवारीले सामुदायिक विद्यालयका लागि राज्यले धेरै लगानी गरेको भन्दै समयअनुकुल शिक्षण सिकाईको अभावमा लगानी अनुसारको प्रतिफल प्राप्त हुँन नसकेको बताउनुभयो ।
    साथै विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिका प्रतिवद्ध रहेको भन्दै उपप्रमुख तिवारीले शिक्षकको एकोहोरो प्रयासले मात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकिने उल्लेख गर्नुभयो । यसमा विद्यार्थी तथा अभिभावकको समेत उत्तिकै भुमिका रहने उहाँको भनाई छ ।

    कार्यक्रममा वार्षिक पुरस्कार वितरण, विद्यालयमा स्थापित विभिन्न अक्षयकोषद्वारा विद्यार्थीहरुलाई पुरस्कृत तथा पूर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो ।  

    बिहिवार, पौष ८ २०७८१०:१०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend