पौष १७, स्याङ्जा । सुविधा सम्पन्न शहरमा फेन्सी पसल गर्दै आएका गुल्मीका युवाले भविष्य निर्माणको आधार कृषि बनाएका छन् । अरुको सामान विक्रि गर्नुभन्दा आँफै उत्पादनमा लाग्नु उचित लागेर कृषिकर्ममा लागेको ती युवाले बताएका छन् ।
अधिकांश युवाहरु पैसा कमाउनका लागि विदेश होमिने गरिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७, तारुखोलामा मत्स्यपालन तथा कृषि फर्म मार्मmत सुन्दर भविष्य निर्माणमा जुटेका छन् उनीहरु ।
युवाहरुमा आएको यो जागरुकताले गाउँठाउँमै स्वरोजगारी सहित कृषिपेशालाई आयआर्जनमा जोड्न सकिन्छ भन्ने सङ्केत गरेको छ ।
तारुखोलामा सातवर्ष पहिला सुरु गरिएको फर्म गुल्मी बलेटक्सारका युवाले भाडामा लिएर व्यवसायी बनेका हुन् । झण्डै ५ वर्ष काठमाडौंमा फेन्सी पसल गरेका बलेटक्सारका द्रोणप्रसाद ज्ञवाली माछापालन सहितका कृषि कर्ममा लाग्नुभएको हो । मत्स्य विकास केन्द्र मिर्मीका प्राविधिकको सल्लाह अनुसार गत फागुनदेखि ज्ञवालीले माछापालन गर्नुभएको हो । वार्षिक ४ लाखमा ५ वर्षका लागि लिइएको फर्ममा ज्ञवाली सहित उहाँका साथीहरु सुवास घिमिरे र दिलीप थापाको समेत लगानी रहेको छ । सहभागी मध्ये एकजना वैदेशिक रोजगारीमा र एक जना नेपालमै जागिरे भएकाले ज्ञवालीले फर्म सम्हाल्दै आउनुभएको छ ।
नयाँ संरचना तयार गर्नुभन्दा बनिसकेको ठाउँमा ठीक लागेर व्यवसायमा लागेको ज्ञवाली बताउनुहुन्छ । ५० रोपनी क्षेत्रफलमा पैmलिएको फर्ममा १५ वटा पोखरी छन् भने अहिले १३ वटामा तयारी माछा छन् । पहाडको खोंचमा रहेको तारुखोलाको चिसो पानीमा पालिएका रहु, नैनी, वीगहेडका साथै कार्पजातका माछा अहिले धेरै उपभोक्ताहरुको रोजाइमा पर्ने गरेको छ । ज्ञवाली भन्नुहुन्छ—स्वादिलो र गुणस्तरीय भएकाले एकपटक खाएका उपभोक्ताबाट पटक पटक माग आउने गरेको छ । फेन्सी पसल पनि ठिकै थियो तर त्यो भन्दा आँप्mनै उत्पादनमा उचित लागेर माछापालन सुरु गरेको हो । उहाँले सुरु गरेपछि तारबारका लागि मत्स्य विकास केन्द्रबाट ४ लाख अनुदान समेत पाइसक्नुभएको छ । यसका साथै केन्द्रले बेला बेलामा प्राविधिक सल्लाह समेत मिलिरहेकाले ज्ञवालीलाई थप उत्साही बनाएको छ ।
फर्ममा माछाका साथै सुन्तला जातको मुन्तला पनि पहेँपुर पाकिरहेका छन् । तारुखोलाको यो कृषि फर्म वास्तवमै आकर्षक र आशालाग्दो देखिन्छ । विवाह नगर्दै उद्यमी बन्नुभएका ज्ञवालीको आँट देखेर छरछिमेकि लगायत आफन्तहरुलाई उदाहरणीय र निकै आशावादी बनाएको छ । कार्तिक महिना सुरु भएदेखि स्थानीय बजार वालिङ र गल्याङमा माछा विक्रि गर्न ज्ञवाली व्यस्त हुनुहुन्छ भने ६ वटा पोखरीबाट १० क्वीन्टलभन्दा धेरै विक्रि गरिसक्नु भएको छ ।
ज्ञवालीका अनुसार पहाडी क्षेत्रमा माछापालनमा लागतको आधारमा केहि बढि पर्नेहुन्छ तर पहाडको हावापानीमा पालिएका माछा स्वादिष्ट र स्वस्थवद्र्धक हुन्छन् । तराई तथा भारतीय भूमिका माछाहरु बजारमा आउने र केहि कम मूल्यमा पाइने हुँदा उपभोक्ताहरुलाई बुझाउन केहि मेहनत गर्नुपरेको छ तर एक पटक उपभोग गरेपछि भने लिनुस भन्नुपर्दैन, आँपैm माग गर्छन् । मासुको तुलनामा माछा निकै स्वस्थवद्र्धक हुने कतिपयले बुझेका छन् भने धेरैले अभैmपनि बुभ्mन सकेका छैनन् । यसैले विक्रि गर्न केहि बढि मेहनत गर्नुपरेको ज्ञवालीको अनुभव छ ।
ज्ञवाली भन्नुहुन्छ—कृषिमा पुरानै शैली छोड्न सकिएको छैन, फलस्वरुप उत्पादनमा वृद्धि हुन नसकेको हो । धेरै युवाहरु १५ बीस हजारको जागिर खान बरु तयार हुन्छन् तर आँप्mनै उत्पादनमा त्यो भन्दा धेरै आम्दानी गर्न सकिन्छ भन्ने विश्वास छैन, जसले गर्दा कृषिमा सहभागिता कम रहेको ज्ञवालीको विचार छ ।
सोंचेर, बुझेर र सिकेर कृषिकर्ममा लाग्ने हो भने भविष्य धेरै राम्रो छ । बाहिर गएर पनि मेहनत गर्नैपर्छ भने त्यो मेहनत यहाँ गर्ने हो भने कैयौं गुना फाइदा लिन सकिन्छ । कहिँ कतै नभौंतारिनुस, आँप्mनै ठाउँमा अवसर र भविष्य छ । त्यसैले आँप्mनै गाउँठाउँमा पसिना बगाउन युवाहरुलाई ज्ञवालीको आग्रह छ ।