Logo

शनिवार, कार्तिक १ गते २०८३

images
नाम अनुसारको काम गर्न नसकेपछि कार्यालयको नाम नै परिर्वतन

बेवारीसे बन्यो विषादी प्रयोगशाला: कार्यालय छ, कर्मचारी छन, तर काम हुदैन

बेवारीसे बन्यो विषादी प्रयोगशाला: कार्यालय छ, कर्मचारी छन, तर काम हुदैन

  • निर्भीक नारायण भुर्तेल
  • शनिवार, माघ १ २०७८


  • बेवारीसे बन्यो विषादी प्रयोगशाला: कार्यालय छ, कर्मचारी छन, तर काम हुदैन

    माघ १, गण्डकी । गण्डकी प्रदेश सरकारले उपभोक्ताले दैनिक रूपमा प्रयोग गर्ने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न स्थापना गरेको विषादी अवशेष द्रुत बिश्लेषण प्रयोगशाला बेवारीसे बनेको छ ।  गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले २०७५ साल चैत्र १४ गते उद्घाटन गरेको विषादी अवशेष द्रुत बिश्लेषण प्रयोगशालाबाट चारवर्ष सम्म पनि विषादी परीक्षण गर्ने काम सुरु हुन नसक्दा बेवारीसे बनेको हो । 

    प्रदेशको राजधानी पोखरा भित्रिने नाकाहरूमध्येको सिद्धार्थ राजमार्गमा पर्ने स्याङ्जाको गल्याङ् नगरपालिका वडा नम्बर एक मालुङ्गामा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाबाट अहिले कुनै काम हुन सकेको छैन ।

    images

    केही समय पहिले सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण रोकेपछि सर्वोच्च अदालतले सरकारका नाउँमा परीक्षण नरोक्न आदेश गरेपछि गण्डकी प्रदेश सरकारले भारतबाट भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण सुरु गर्न प्रयोगशालाको स्थापना गरेको थियो । 

    तर आवश्यक दक्ष कर्मचारी र प्रयोगशालाको राम्रो व्यवस्था हुन नसक्दा स्थापना भएर पनि प्रयोगशालाबाट काम हुन नसकेको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता डा.गृष्म न्यौपानेले जानकारी दिए । 

    प्रवक्ता न्यौपानलेले प्रयोगशालाको स्थापना हुनु अघि त्यहाँ चाहिने दक्ष जनशक्ति, त्यहाँको मुख्य आवश्यकता र बाहिरबाट आयात हुने तथ्याङ्कलाई आधार मानेर कर्मचारी र सोही अनुसारको भवनको व्यवस्थापन सरकारले गर्न नसक्दा अहिले प्रयोग बिहिन भएको उनको भनाई छ ।

    प्रयोगशालामा अहिले दुई जना कर्मचारी रहेका छन । तर ति कर्मचारी पनि विज्ञ कर्मचारी नभएको उनी बताउछन । 

    कार्यालयको नाम परिर्वतन 

    मन्त्रालयले नाम अनुसारको काम गर्न नसकेपछि करिब एक वर्ष अगाडी उक्त प्रयोगशालाको नाम परिर्वतन गरेर कृषि तथा पशुपंन्क्षी नियमन इकाई  राखेको छ ।

    bisadai 11.jpg

    उक्त कार्यालयमा हाल दुई जना कर्मचारी रहेता पनि काम नहुदा उनिहरु दिनभर घाम तापेर बस्ने गरेको स्थानिय बताउछन ।

    बिना काम कर्मचारी पाल्ने र घरभाडा दिने बाहेक अरु कुनै उपलब्धी नभएको स्थानियबासीको गुनासो छ ।  आवश्क दक्ष कर्मचारी र प्रयोगशालाको उचित व्यवस्थापन बिना नै कार्यालय उद्घाटन गर्ने परिपाटी चर्चा कमाउने काम मात्र भएको छ । 

    शनिवार, माघ १ २०७८०८:१३:३२

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend