काठमाण्डौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले ऐन नियम बिपरित गरिएको मदिराको विज्ञापन बन्द गर्न विज्ञापन बोर्डलाई पत्राचार गरेको छ । मदिराको प्रचारबाट आम नागरिकमा नकारात्मक प्रभाव पर्ने भन्दै मञ्चले उक्त विज्ञापन बन्द गरि आवश्यक गर्न विज्ञापन बोर्डलाई पत्राचार गरेको हो ।
साथै मञ्चले जनस्वास्थ्य ऐन र बिज्ञापन नियमन ऐन अनुरुप कुनैपनि मदिरा सुर्तीजन्य पदार्थको बिज्ञापन प्रबर्द्धन तथा प्रायोजन गर्न नपाइने, गरेमा सजाय हुने ब्यबस्था भएकाले गायक प्रकाश सपुतले कानुन उलंघन गरेकोले कारबाहीको लागि उजुरी समेत गरेको छ ।