Logo

आइतवार, कार्तिक २ गते २०८३

images

कोभिड संक्रमणबाट पर्वतकी २३ वर्षिय युवतीको मृत्यु

कोभिड संक्रमणबाट पर्वतकी २३ वर्षिय युवतीको मृत्यु

  • PNN Times
  • शुक्रवार, माघ ७ २०७८


  • कोभिड संक्रमणबाट पर्वतकी २३ वर्षिय युवतीको मृत्यु

    पर्वत, ७ माघ । कोभिड १९ को तेश्रो लहर सँगै फैलिएको संक्रमणबाट पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीकी २३ बर्षिय युवतीको ज्यान गएको छ । विहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो ।

    स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार मृतक युवतीको माघ ५ गते कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या सँगै शरिरको तापक्रम अनियन्त्रित भएपछि उनको विहिबार राती ९ बजे मृत्यु भएको हो । उनको मृत्यु सँगै गण्डकी प्रदेश भित्र हालसम्म कोभिडबाट मृत्युहुनेको संख्या १ हजार ४ सय ३२ पुगेको छ । 

    images

    पर्वतमा पछिल्लो समय सम्म तेश्रो लहरबाट १ सय ८ जना संक्रमित बनेका छन् । संक्रमितहरु सेल्फ आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय पर्वतका नारायण रेग्मीले बताए ।

    यस्तो छ वालिङ नगरपालिकाको तयारी 

     

    शुक्रवार, माघ ७ २०७८०५:५३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend