Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पूर्वाधार विकासमा अगाडि बढेको बिरुवा गाउँपालिका

पूर्वाधार विकासमा अगाडि बढेको बिरुवा गाउँपालिका

  • गोपाल जिटी
  • शुक्रवार, माघ १४ २०७८


  • पूर्वाधार विकासमा अगाडि बढेको बिरुवा गाउँपालिका

    माघ १४, स्याङ्जा ।  स्याङ्जाको बिरुवा गाउँपालिकामा स्थानीयतहको निर्वाचन भएपछिको समयमा पूर्वाधार विकासमा उल्लेख्य कामहरु भएको गाउँपालिकाले जनाएको छ । स्थानीय निर्वाचन पश्चात पालिकामा पूर्वाधार विकासमा उल्लेख्य कामहरु भएको गाउँपालिकाले जारीगरेको स्वेतपत्रमा उल्लेख गरिएको छ ।

    ग्रामिण सडक विस्तारमा पछि परेको बिरुवा गाउँपालिकाबाट छिमेकि पालिकाहरु चापाकोट, हरिनासका साथै सदरमुकाम स्याङ्जासम्म जानका लागि सडक विस्तार गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले बताउनुभयो । अध्यक्ष शर्माका अनुसार पालिकाका ८ वटै वडामा बाह«ै महिना यातायात सञ्चालन गर्न सकिनेगरी सडक विस्तार भएको छ । १ सय ६० किलोमिटर सडक नालीसहित ग्राभेल गरिएका छन् । विद्युत लाइनमा काठे पोल विस्थापित गरी ६ सय स्टीलपोलको प्रयोग गरी व्यवस्थित गरिएको अध्यक्ष शर्माले उल्लेख गर्नुभयो । केहि बाँकि रहेका काठेपोलहरु यो आर्थिक वर्षमा विस्थापन गर्ने लक्ष्य अनुसार अगाडि बढिरहेको समेत उहाँले स्वेतपत्रमा उल्लेख गर्नुभएको छ ।

    निर्वाचन भएको पहिलो वर्षमै सुन्दर र सफा बिरुवा गाउँपालिका बनाउने उद्देश्यले फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइडको व्यवस्था गरिएको छ । यसका लागि पालिकाका नाममा जग्गा खरिद गरेर फोहरमैला व्यवस्थापन भएको छ ।

    समयको माग अनुसार प्रविधिको उच्चतम प्रयोग गरिएको छ । प्रविधिको प्रयोग गरी विगत दुइवर्षदेखि सबै वडाबाट सरकारी कामकाज अनलाइन प्रणालीबाट भएको स्वेतपत्रमा उल्लेख छ ।

    कृषि र पर्यटन देश विकासको मूल आधार हो, यहि मान्यता अनुरुप सबै वडामा नमूना कृषक तालीमहरु सञ्चालन गरेर आधुनिक कृषिमा लाग्न प्रेरित गरिएको छ । निर्वाहमुखी कृषिलाई व्यवसायिकीकरण गराउने प्रयास स्वरुप व्यावसायिक कृषकहरुमा वृद्धि भएको छ ।

    यसैक्रममा पालिकाभित्र ३ सयभन्दा बढि कृषकहरु आधुनिक कृषि प्रणालीमा क्रियाशिल भैसकेका छन् । यसका साथै कृषि अनुदानका कार्यक्रम ल्याएर किसानहरुलाई व्यवसायमा थप प्रोत्साहित हुने वातावरण सिर्जना गरिएको छ ।

    कृषि उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले ८ वटा ठुला सिंचाई कुलो निर्माण भैसकेका छन् भने आवस्यकता अनुसार साना सिंचाइका लागि पनि व्यवस्था गरिएको छ । यस्तै  वडा नम्वर १, ६ र ७ मा गरी तीन ठाउँमा चिस्यान केन्द्रसमेत निर्माण गरिएको छ । अध्यक्ष शर्माका अनुसार यो वर्ष कृषि संकलन केन्द्रको भवन निर्माण सम्पन्न हुनेगरी काम भैरहेको र आवस्यकताका आधारमा अरु थप कार्यक्रमहरु गर्दैजाने लक्ष्यका साथ गाउँपालिका अगाडि बढिरहेको छ ।

    यसैगरी शिक्षाक्षेत्रको विकासका लागि २० वटा चारकोठे पक्कि भवन निर्माण भैसकेका छन् भने विभिन्न विद्यालयहरुमा गरी १६ वटा दुइकोठे पक्कि भवन निर्माणका लागि अगाडि बढाइएको अध्यक्ष शर्मा बताउनुहुन्छ ।

    सबै नागरिक स्वस्थ रहे समाज स्वस्थ रहन्छ । सामान्य उपचारका लागि टाढाको बाटो धाउनुपर्ने अवस्थालाई न्युनिकरण गर्न प्रत्येक वडामा स्वास्थ्य चौकि स्थापना गरी सेवा प्रदान गर्दै आइएको छ । कोरोना माहमारीले विश्वलाई नै आक्रान्त पारिरहेका बेला गाउँपालिकाले नागरिकहरुका स्वास्थ्य सुरक्षाका लागि वडा नंवर ६ मा २५ वेडको कोभिड हस्पिटल निर्माण गरी सेवा प्रदान गर्दै आइएको छ ।

    यसका साथै स्थानीयतह सञ्चालनका लागि विभिन्न ऐन कानुनहरु बनाई गाउँपालिका अगाडि बढिरहेको छ । युवाहरुको व्यक्तित्व विकासका साथै समग्र राष्ट्रको नाम राख्ने माध्यम खेलकुद पनि हो । यहि मान्यतालाई आत्मसाथ गर्दै रङ्गशाला निर्माण गरिएको छ । वडा नम्वर ८ मेथाभुरुङमा राष्ट्रपति रनिङशिल्डका साथै अन्तर्राष्ट्रिय मापदण्डका खेलकुदहरु आयोजना गर्न सकिने रङ्गशाला बनेको छ । यसका साथै एक वडा एक खेलमैदान अभियान अन्तर्गत सबै वडामा खेल मैदान निर्माण गर्ने कार्यलाई अगाडि बढाइएको छ ।

    समाजमा भैपरि आउने कार्यक्रम गर्नका लागि सामुदायिक भवनहरुसमेत निर्माण भएर अगाडि बढेका छन् ।

    शुक्रवार, माघ १४ २०७८०४:५२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend