माघ २०, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले नगरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले विहिबार वडा नं. २ को नेवारेखोला, पेल्काचौर, हुनिकोटको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । मेगा बैंकको समन्वयमा जेष्ठ नागरिक सुरक्षा भत्ता, एकल महिला भत्तालगायतका सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
कोभिडको संक्रमणका बेला बैंकमा लामो समय लाईनमा बस्नुपर्ने झण्झटबाट मुक्त गरी घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा अध्यक्ष तिलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । वडा अध्यक्ष श्रेष्ठले घरघमै पुगेर भत्ता रकम वितरण गरेका बताउनुभयो ।’ बैंकका कर्मचारी र वडाका जनप्रतिनिधिले वडा वडामा तथा असक्तहरुको तथ्यांक संकलन गरी घरघमै पुगेर पनि रकम वितरण गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।
वडामा दुई चरणमा गरी ४५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । वडाका विभिन्न टोलटोलमा साथै हिड्न नसक्नेलाई घरघरमै पुगेर वितरण गरिएको नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।