Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पिरामिड कुटी अनावरण, सम्मान तथा पुरस्कार वितरण

पिरामिड कुटी अनावरण, सम्मान तथा पुरस्कार वितरण

  • गोपाल जिटी
  • सोमवार, माघ २४ २०७८


  • पिरामिड कुटी अनावरण, सम्मान तथा पुरस्कार वितरण

    स्याङ्जाको वालिङमा पिरामिड कुटी अनावरण गरिएको छ । कान्छा पण्डित बालकुमारी अक्षर पुरस्कार सांस्कृतिक शोध गुठीद्वारा निर्मित कुटीको वालिङ नगरपालिका वडा नम्वर ८ भीमटारीमा आइतबार अनावरण गरिएको हो । बसन्त पञ्चमीका अवसरमा गुठीले कुटीको अनावरणका साथै श्रष्टा सम्मान तथा पत्रकारिता पुरस्कारको आयोजना गरेको हो । गुरुकुल शिक्षा तथा संस्कृत अध्ययनका साथै संस्कार र संस्कृतिमा विशेष दख्खल राख्नुहुने कान्छा पण्डितका नामले परिचित स्वर्गीय स्वर्गीय पिता डिल्लीप्रसाद र माता बालकुमारी अर्यालका नाममा सह प्राध्यापक डा. अच्यूतशरण अर्याल र शेषराज अर्यालले गुठीको स्थापना गरेका हुन् ।

    कुटीको अनावरण गर्दै वरिष्ठ बाल साहित्यकार देविप्रसाद वनवासीले देशमा धेरै परिवर्तनहरु भए तर ज्ञानको क्षेत्रमा हुन नसकेको बताउनुभयो । ज्ञानको विकासले भौतिक विकासलाई अझ उन्नतशिल बनाउने कुरामा ध्यान नपुगेको वरिष्ठ साहित्यकार वनवासीले व्यक्त गर्नुभयो । भौतिक विकाससँगै आध्यात्मिक विकास आवस्यक पर्ने भन्दै उहाँले यसका लागि संस्कार र संस्कृतिका बारेमा ज्ञान हुनुपर्ने हुनुपर्ने उल्लेख गर्नुभयो । हामी वुद्ध भूमिको देशका नागरिकहरुले योग, ध्यान र ज्ञानको सवालमा चासो कम हुनु दुःखको कुरा भएको उहाँको भनाई छ ।

    २०७३ सालमा स्थापना गरिएको गुठीको बारेमा जानकारी गराउँदै अध्यक्ष अच्यूतशरण अर्यालले हामी सबै स्वस्थ रहन आवस्यक छ र यसका लागि ध्यान, ज्ञान र संस्कारको आवस्यक पर्ने बताउनुभयो । उहाँले अग्रजहरुले प्रयोग गर्ने कुटी वास्तवमै ध्यान र ज्ञानको केन्द्र भएकाले आप्mना माता पिताका नाममा पिरामिड कुटीको स्थापना गरेको जानकारी गराउनुभयो । आदिमकालदेखि संस्कृत विद्या र संस्कृतिको विकासले मानव समाजलाई अगाडि बढाएको इतिहास साक्षी भएको उल्लेख गर्दै अध्यक्ष डा.अर्यालले नेपाली समाजलाई सकारात्मक बाटोमा डो¥याउने काममा यसको भूमिका महत्वपूर्ण हुने समेत व्यक्त गर्नुभयो ।

    कार्यक्रममा प्राध्यापक मुकुन्दशरण उपाध्यायद्वारा लिखित र नेपाली भाषामा दिनदयाल रेग्मीद्वारा अनुवादित पुस्तक शरणागति शतकम, सिर्जन र शोध पत्रिका “अक्षर” र सरस्वती पूजा विधि गरी तीनवटा प्स्तकको सामुहिक विमोचन समेत गरिएको थियो ।

    कार्यक्रमका अवसरमा गुठीले वरिष्ठ साहित्यकार वनवासीलाई अभिनन्दन सहित यस वर्षको बाल साहित्य पुरस्कार प्रदान गरेको छ । यसैगरी बाल साहित्य पत्रकार दिनदयाल रेग्मीलाई यो वर्षको बाल पत्रकारिता पुरस्कार प्रदान गरिएको  थियो ।

    कुटीको अनावरणसँगै आदि शङ्कराचार्यको भज गोविन्दम् संगीत सहित ध्यान समेत गरिएको थियो ।

    सोमवार, माघ २४ २०७८०९:१२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend