वालिङ नगरपालिकाका उप–प्रमुख कल्पना तिवारीका अनुसार वालिङ नगरपालिका भित्रका अधिकांश गृहिणी महिलाहरुमा पहिला भन्दा लकडाउन पछिको समयमा झन धेरै घरयासी काम थपिएको छ । जस्को कारण अन्य व्यक्तिहरुको तुलनामा गृहिणी महिलामा कामको भार धेरै परेको छ ।
लकडाउन हुनु भन्दा पहिलेका दिनमा काम गर्ने समय तालिका भएता पनि लकडाउन पछि परिवारका सबै सदस्य जमघट हुने र गृहिणी महिलाहरुलाई घरभित्रको काम बढी गर्नु पर्ने बाध्यता छ । कार्यबोध थपिएपनि जिम्मेवारीका साथ काम गर्ने केही दिदीबहिनीहरुले घरेलु हिंसा समेत भोग्नु परेको उपप्रमुख तिवारीको भनाई छ ।
लकडाउनको अवधिमा वालिङ नगरपालिकामा नयाँ प्रकृतिका मृद्धाहरु दर्ता भएका छैनन् तर केही महिला हिंसाका मुद्धाहरु नगरपालिकामा आएका छन । विगतामा विभिन्न ठाउँमा रहेर काम गर्ने घरका सदस्यहरु लामो समय सम्म घरमै बसीरहदा स–साना कुरामा पनि मनमुटाव हुदाँ दिदीबहिनिहरु घरेलु हिंसामा परेको तिवारीले बताउनु भयो ।
“लकडाउनका कारण महिलाहरुमा कार्यबोध थपिएको छ । तर महिलाहरूमाथि हुनसक्ने हिंसाका सम्भावित घटनाहरूमा हामी सचेत छौ उपप्रमुख तिवारीले भन्नु भयो महिला अधिकार तथा समाजमा रहेका हिंसा सम्बन्धी विभिन्न तालिमका माध्यमबाट नगरपालिकाले जनचेतना फैलाउने विशेष योजना बनाएको छ ।”
लकडाउनको अवधिमा भेला, सभा–समारोह, गोष्टि संचालन गरेर जनचेता दिन नसके पनि वालिङ नगरपालिकाले विभिन्न मिडिया टेलिभिजन, एफएम, अनलाईन र सामाजीक संजाल मार्फत जनचेतना दिदै आएको उहाँले जानकारी दिनु भयो ।
आगामी दिनमा नगरपालिकाले सामाजिक दुरी कायम गरेर वा सम्भावना रहेको ठाउँमा भर्चुअल मिटिङबाट पनि जनचेतना सम्बन्धी कार्यक्रम गर्ने तयारी गरेको तिवारीले जानकारी दिनु भयो ।