Logo

आइतवार, कार्तिक २ गते २०८३

images

द्रुतमार्गका सुरुङमार्गको डिजाइन स्वीकृत, ठेकदार निर्माणस्थलमा

द्रुतमार्गका सुरुङमार्गको डिजाइन स्वीकृत, ठेकदार निर्माणस्थलमा

  • PNN Times
  • मंगलवार, माघ २५ २०७८


  • द्रुतमार्गका सुरुङमार्गको डिजाइन स्वीकृत, ठेकदार निर्माणस्थलमा

    १२ वैशाख, नेपाली सेनाले काठमाडौं-तराई-मधेश द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने अग्लापुलहरुको डिजाइन स्वीकृत भएको छ । सुरुङमार्गहरू बनाउन दुई वटा प्याकेजमा ठेक्का लागेको छ ।

    ईपीसी मोडलको ठेक्काअनुसार ठेकदारहरुले नै गरेको डिजाइनलाई सेनाले स्वीकृत गरेर निर्माणस्थलमा  पठाइएको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालले अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँहरुले सुरूङमार्ग बन्ने स्थलमा सर्भेको काम सुरु गर्नुभएको छ,’ उनले भने,’अक केही समयभित्रै सुरुङ खन्ने काम सुरु हुन्छ ।’

    images
    यी दुई प्याकेजको लागत नेपाली मूल्यअनुसार ४४ अर्ब रुपैयाँ छ ।  एउटा प्याकेजअन्तरगत मकवानपुरको धेद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुई वटा सुरुङमार्ग र पुल निर्माण अघि बढ्ने छ । यो काम पोली च्याङ्दा कर्पोरेसनले २५ अर्ब ९ करोड ५९ लाख ७६ हजार ३३७ रुपैयाँमा सो कामको ठेक्का पाएको छ ।

    महादेवडाँडामा अर्को ३.३ किलोमिटरको प्याकेजको काम १८ अर्ब ७८ करोड ७० लाख ६५ हजार ६ सय रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले पाएको छ ।

    मंगलवार, माघ २५ २०७८१२:५७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend