Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कविता : परिकल्पना

कविता : परिकल्पना

  • PNN Times
  • बुधवार, भाद्र १७ २०७७


  • कविता  : परिकल्पना

    सीता शर्मा ।  पैयुँ । पर्वत । 

    दुखिरहने  यो मन

    images

    भू–क्षयले ग्रस्त  चट्टाने पाखो जस्तै

    जीर्ण   छ यै  मुटुको पाखो

    खट्किरहने सवाल

     श्राप हैन   विधवा 

    तै पनि हेय भाव  किन सधैं !

    उस्को खुसीमा तिमीलाई किन दुख्छ रु

     खुसी हुन तिमी संग अनुमति   माग्नुपर्ने !!

      कठै मेरो कथित समाज

     झरेका मोतीहरू बुझ्न नसक्ने  तिमी

    ती अबोध  बालक को खुसीमा इँट्टा थप्न  सक्दैँनौ

    खुसीको कारण बन्ने  हिम्मत त  छैन

    तर,

    आलोचना त नगरिदेऊ

    कथित समाजका यी  ठेकेदार

     कसैको  जिन्दगी

     तिमीले दिएको उपहार  त हैन  नि !

    सक्छौ  खुसी बाँड्नु  

    तर सधैं आलोचना गरिरहने अधिकार छैन

     एकदिन विधवा र विधुर सबैले हुनु  छ 

    यो प्रकृतिको  नियम हो  

    यहाँ  खुसी  हुने सबको अधिकार छ

     अक्सर समाज बदल्न  हिड्ने

     हर कोहि  गन्तव्य  वीहीन  देख्छु म

    पहिले आफ्नो विचार  बदलिनु 

    समाज आफै बदलिँन्छ

     एउटा मीठो   परिकल्पना   

     मेरो बदलिँदो  समाज ।

     

    बुधवार, भाद्र १७ २०७७१२:१५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend