Logo

आइतवार, कार्तिक २ गते २०८३

images

त्रिभुवन विमानस्थलमा ‘प्रिन्टेड टिकट’ अनिवार्य

त्रिभुवन विमानस्थलमा ‘प्रिन्टेड टिकट’ अनिवार्य

  • PNN Times
  • मंगलवार, फाल्गुण ३ २०७८


  • फागुन ३ , काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् । मंगलबारबाट लागु गरिएको यस्तो निर्णयले बिहानै मोवाइलमा नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले सास्ती पाएका छन् ।

    वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको हो । सोही अनुसार कम्पनीहरुले समेत यात्रुलाई डिजिटल टिकट नभई टिकट प्रिन्ट गरेर आउन सूचित गरेका छन् ।

    images

    विमानस्थलका महाप्रवन्धक भोला गुरागाँईले भने मोवाइलमा ‘टिकट नम्बर’ मात्र लिएर आउने यात्रुलाई मात्र रोकिएको जानकारी गराए । 

    ‘मोबाइलमा टिकट डाउनलोड गरी आउने यात्रुले प्रवेश पाउनु हुन्छ’, उनले भने, ‘नम्बर मात्र लिएर आउने यात्रुलाई रोकिएको हो ।’

    नम्बर मात्र लिएर आउने यात्रुको नाम, गन्तब्यसहित स्पष्ट नहुने भएकाले यस्तो व्यवस्था गरिएको उनले जानकारी गराए । 

    मंगलवार, फाल्गुण ३ २०७८०३:२९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend